Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

सन्दीपविरुद्ध सिंगै राज्यसत्ता नियोजित रुपमा लाग्यो, भेट्न समेत दिएन- वकिल

Posted on October 6, 2022

काठमाठौं । सन्दीप लामिछानेको आफ्नो वकिललाई भेटेर आत्मसमर्पण गर्ने माग प्रहरीले अस्वीकार गरेको छ ।

बिहीबार पत्रकारहरुसँग सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले आफ्नो उपस्थितिमा आत्मसमर्पण गर्न सन्दीप लामिछानेले गरेको मागलाई प्रहरीले अस्वीकार गरेको बताएका हुन् ।

उनले प्रहरीसंग वकिल सरोजकृष्ण घिमिरेको उपस्थितिमा आत्मसमर्पण गर्ने भन्दै सहयोगका लागि आग्रह गरेको भएपनी प्रहरीले उनको यो मागलाइ अस्वीकार गरेको हो ।

त्यसपछि अधिवक्ता घिमिरे प्रहरी वृत्त, गौशाला पुगेका थिए तर भेट्न खोज्दा निवेदन दिनुपर्छ भनेपछि प्रहरीले गोपनियता कायम नगरेको घिमिरेले आरोप लगाएका छन ।

घिमिरेले सिंगै राज्यसत्ता उनकोविरुद्ध नियोजित रुपमा लागेको आशंका व्यक्त गरे । कानून व्यवसायीले भेट्न पाउने अधिकार समेत खोसिएको र त्यसपछि सिधै स्वास्थ्य परीक्षणका लागि केएमसी अस्पतालमा लगिएको उनले बताए ।

अधिवक्ता घिमिरे राज्य नै आफूविरुद्ध लाग्दा सन्दीप मानसिक तनावमा रहेको समेत बताए । यसअघि सन्दीपले पनि आफू मानसिक तनावमा रहेको बताएका थिए ।

बिहीबार कतार एअरवेजको विमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेलगतै प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।

उनी विरुद्ध भदौको तेस्रो साता एक नाबालिग किशोरीले करणी गरेको उजुरी दर्ता गराएकी थिइन् । भदौ ५ गते लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ ।

Post Views: 65

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme