Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

अमेरिकी डीभीको आवेदन खुला, कसरी भर्ने ? – हेर्नुहोस् पूरा विवरण

Posted on October 6, 2022

काठमाडौं । अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । १९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।

आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ । स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने समेत दूताबासले जनाएको छ ।

यो पनि…
आँबुखैरेनीमा हाइवे इमरजेन्सी अस्पताल एण्ड ट्रमा सेन्टर
जिल्लाको पुर्वी नाकामा रहेको आँबुखैरेनी गाउँपालिका कार्यालयले पृथ्वीराजमार्ग खण्डमा हुन सक्ने दुर्घटनालाई लक्षित गरी हाइवे इमरजेन्सी अस्पताल एण्ड ट्रमा सेन्टर निर्माण गर्ने योजना बनाएको छ ।
आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा रहेको सार्वजनिक जग्गामध्ये करिब बीस रोपनी जग्गा सदुपयोग गरी एक सय शय्या क्षमताको अस्पताल बनाउन संम्भाव्यता अध्ययन गर्न लागिएको हो ।

प्रदेश र सङ्घीय सरकारका स्वास्थ्य मन्त्रालयमा अस्पताल निर्माणको लागि उक्त स्थान उत्तम रहेको भनी गाउँपालिका कार्यालयले सिफारिस गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।

सम्भाव्यता अध्ययनका लागि प्रदेश सरकारले केही बजेट बिनियोजन गरेकोले छिट्टै अध्ययन गरी उचित स्थान ठहरिए प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । हाइवेसँगै जोडिएको उक्त स्थानमा करिब एक सय रोपनी जग्गा सार्वजनिक रहेकोले गाउँपालिकाले जग्गा संरक्षणका साथै सेवा प्रदान गर्न अस्पताल निर्माण गर्ने अवधारण अघि बढाएको हो ।

गाउँपालिकाको वडा नं २ र ४ को सिमनामा पर्ने ऐना पहरामा ऐना पार्क बनाउन लागेको छ । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा रु एक करोड ४० लाख बिनियोजन गरिसकेको सो गाउँपालिका कार्यालयले जनाएको छ । बहुबर्षीय योजना अन्तर्गत आफ्नै स्रोतमा डिपिआर गरी प्रक्रिया अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

कूल रु पाँच करोड लाग्ने अनुमान अनुरुप गौरबको आयोजनामा राखेर काम गर्न लागेको गाउँपालिका कार्यालयले जनाएको छ । पृथ्वीराजमार्ग भएर दैनिक सयौँ सवारीसाधन गुड्ने हुँदा यस सडक खण्डमा हुनसक्ने दुर्घटनालाई लक्षित गरी हाइवे इमरजेन्सी अस्पताल एण्ड ट्रमा सेन्टर निर्माण गर्ने योजना बनाइएको हो ।

Post Views: 50

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme