Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

चिया बेचेर महिनाकै लाखौं कमाउँछिन २३ बर्षकी हिरोईन जस्तै राम्री युवती

Posted on October 7, 2022

काठमाडौं । उदयपुरकी २३ बर्षकी सरिता केसी काठमाडौंको असनमा बिहान र बेलुका चिया बेच्नुहुन्छ । दिउँसो कलेज पढ्नुहुन्छ । जहाँ इच्छा त्यहाँ उपाय, म त यस्तो कारण यो गर्न सकिन भन्नेहरुका लागि उहाँ पक्कै उदाहरण हो ।

उहाँको कुनै पसल छैन, थर्मसमा दुध र कालो चिया हालेर उहाँ कोठाबाट बेच्न निस्किनुहुन्छ । उहाँले यसरी चिया बेच्न थालेको १ बर्ष भयो । त्रिचन्द्र कलेमा पोलिटिकल साईन्समा व्याचलर गरिरहेकी सरिता चिया बेचेरै महिनाको साढे २ लाख हाराहारी कमाउँनुहुन्छ र १ लाख जोगाउँनुहुन्छ । आफ्नो भाई पढाउन र आफू पढ्न उहाँ राजधानीमा मेहेनत गरिरहनुभएको छ ।

काम सानो ठूलो हुदैन, मेहेनत गर्न लजाउन हुँदैन भन्ने बिचार बोक्नुभएकी सरिता धेरै युवाहरुका लागि प्रेरणाको स्रोत पक्कै हो । असन र त्यस वरीपरी उहाँलाई धेरैले ‘सुन्दरी चियावाली’ भनेर चिन्दछन् । चिया पिउनेहरुले उहाँको रुपमा धेरै प्रशँसा गर्दछन् । बृद्धबृद्धाले त उहाँलाई आफ्नो घरको बुहारी बन न भन्ने प्रस्ताव पनि राख्ने गरेको उहाँ बताउँनुहुन्छ । ४ बर्ष अगाडि काठमाडौं आउनुभएकी सरिता केहि बर्ष परिवारकै खर्चमा पढ्नुभयो । बिस्तारै उहाँको परिवारलाई उहाँ र उहाँको भाईलाई पढाउन गाह्रो हुदै गएको सरिताले देख्नुभयो ।

कृषक बाबु आमाको टाउकोबाट भाई र आफ्नो पढाईको बोझ हटाउन उहाँले चिया बेच्ने निर्णय लिनुभयो । आफ्नो र भाईको पढाई जसरीपनि पूरा गर्ने उहाँले अठोट लिनुभयो । त्यसअघि उहाँले असन घुम्दै जाँदा अरु चिया बेच्नेहरुलाई देख्नुभएको थियो । बिदेश जानलाई बिदेशी भाषा कक्षा पनि लिईरहनुभएकी सरिताले भाषा कक्षा छोड्नुभयो र चिया बेच्न थाल्नुभयो ।

उहाँको चियालाई धेरैले मिठो मानेर खान्छन् । दिनमै ४०० कप चिया बेच्ने उहाँले सुरुको दिन भने ४ सय रुपैंया कमाउँनुभयो । चिया बेच्ने क्रममा कतिले दुध चियालाई दुई अर्थ लगाएर आफूलाई नराम्रो हिसाबले जिस्काउने गरेको पनि उहाँको गुनासो छ । तर उनीहरुलाई हेर्ने नजर परिवर्तन गर्नुपर्छ है भन्दै सम्झाउँदै अघि बढिरहेको उहाँको भनाई छ ।

Post Views: 74

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme