Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

कुन राशि भएका व्यक्तिले कुन पेशा रोज्दा हुन्छ फलिफाप ? यस्तो भन्छ ज्योतिषशास्त्र

Posted on October 7, 2022

काठमाडौँ । वास्तुशास्त्रमा कुनै पनि काम सुरु गर्नुपूर्व ज्योतिषसँग परामर्श लिने गरिन्छ। राशि अनुसार काम नगर्दा कतिपयलाई असफलता मिल्ने गर्दछ। ज्योतिषशास्त्रका अनुसार कुन राशिले कुन काम गर्दा शुभ हुन्छ ? हेरौँ:

मेष : मेष राशि भएका व्यक्तिलाई व्यापारका तुलनामा जागिर राम्रो हुन्छ । बास्तुसँग सम्बन्धित काम गर्दापनि मेष राशिलाई फाइदा हुन्छ । सरकारी क्षेत्रमा रार्मो गर्न सक्ने यो राशिले फलामको काम गर्नु हुँदैन । यो राशिको शुभ रङ्ग रातो हो । रातो कपडा लाएर काम गर्ने यो राशिका व्यक्ति सफल हुन्छन् । यो राशिका मानिसले मुसुरोको दाल साइत हेरेर दान गर्नु शुभ मानिन्छ ।

वृष : यो राशिभएकाहरुलाई कलाकारिता फाप्छ । व्यापार गर्ने यो राशिका मानिसहरुले गाडीका पाठपूर्जा, इलेक्ट्रिक सामानको व्यापार, वा चलचित्र वा सङ्गीतसंग सम्बन्धित व्यापार गर्यो भने निकै फाप्छ । सेतो रङ्ग यो राशिको शुभ रंग हो । किरानाको व्यापार पनि फाप्ने यो राशि भएका व्यक्तिहरुले हरियो कपडा हत्तपत्त प्रायस् गर्नु हुन्न । यो राशिलाइ पनि समग्रमा जागिर नै फाप्छ।

मिथुन : यो राशि भएका व्यक्तिहरुले जागिर नै गरेको राम्रो हुन्छ । शुभ रंग हरियो भएको यो राशिका व्यक्तिहरु कला क्षेत्रमा निकै राम्रो हुन्छन् । यिनीहरुले अध्यापन क्षेत्रमा निकै राम्रो गर्न सकछन् ।

यी राशि भएका व्यक्तिहरुले एकाउन्ट, फाइनान्स वा गणित विषय लिंदा धेरै राम्रो हुन्छ । व्यापारका हिसावले यो राशिका मानिसहरुलाई कृषिजन्य सामाग्री वा कृषिको व्यापार निकै फाप्छ ।

कर्कट : यो राशि भएका व्यक्तिले जागिर भन्दा व्यापार नै गरेको रार्मो । जलीय वस्तु, सख्खर, चामल, चाँदी, शिक्षण, वस्त्र, स्त्रीको कपडा, रेशम, सौन्दर्य सामाग्री, रंग, लगायतका बस्तुको कारोबार गर्दा यो राशिलाई फाइदा हुन्छ । जागिर नै गर्ने हो भने बैंकिङ क्षेत्र राम्रो छ ।

सिंह: यो राशिका व्यक्तिलाई जागिर नै फाप्छ । यो राशि भएका व्यक्तिले बसेर गर्ने काम गर्दा फाइदा हुन्छ । लेखापाल, कम्प्युटरको काम आदि बसेर गरिने काम गर्दा यो राशि भएका व्यक्तिलाई निकै फाप्छ । यो राशि भएका व्यक्तिले व्यापार नै गर्ने हो भने कपडाको व्यापार गर्दा राम्रो हुन्छ ।

कन्या: कन्या राशि भएका व्यक्तिलाई जागिरको तुलनामा व्यापार नै फाप्छ । चिनीजन्य बस्तुको व्यापार गर्दा यो राशिलाई निकै फाइदा पुग्छ।

तुला : यो राशिलाई जागिर बढी फाप्छ । यो राशि भएका व्यक्तिले अभियन, संगीत, सेना, व्यवस्थापन, कानून, बैंक, बिमा, फाइनान्स, मेसिनरी र कम्प्युटरको काम गर्दा निकै राम्रो हुन्छ । व्यापार नै गर्ने हो भनेपनि यहि क्षेत्रसंग सम्बन्धित काममा हात हाले फाइदाजनक हुन्छ।

वृश्चिक ः यो राशि भएका व्यक्तिलाई जागिर बढी फाप्छ । रक्षा, कानून, सामाजिक सेवा, राजनीति क्षेत्र यो राशिलाई फाप्छ । रातो रंग शुभ रंग भएको यो राशिका व्यक्तिहरुलाइ सरकारी जागिर पनि निकै फाप्छ।

धनु : सुनचाँदीको व्यवसाय, किराना, सामाजिक सेवा, अध्यात्म गुरु, म्यानेजर लगायतका काम गर्दा यो राशिलाई निकै राम्रो हुन्छ । यो राशिलाई पनि जागिरभन्दा व्यापार राम्रो हुन्छ। व्यापारमा पनि ठेक्कापट्टामा लाग्ने हो भने यो राशि भएका व्यक्तिले निकै राम्रो आम्दानी गर्छन्।

मकर: यो राशिलाई पनि प्राय स् व्यापार नै फाप्छ । मेशिनरी, मर्मतको काम, कम्प्युटर, सिभिल इञ्जिनियर, आर्किटेक्ट, वास्तु विज्ञान, गुप्तचर, वैज्ञानिक जस्ता पेशामा यो राशिलाई निकै फाप्छ । यो राशिले पानीसंग सम्बन्धित काम भने नगरेको राम्रो।

कुम्भ :यो राशि भएका व्यक्तिलाई व्यापार फाप्छ । यो राशि भएका व्यक्तिको कार्यक्षेत्र अधिकांश मकर राशिसँग मिल्दोजुल्दो हुन्छ । किनभने यी दुवै राशिको स्वामी शनि हो ।

त्यसैले यो राशिलाई पनि प्राय स् व्यापार नै फाप्छ । मेशिनरी, मर्मतको काम, कम्प्युटर, सिभिल इञ्जिनियर, आर्किटेक्ट, वास्तु विज्ञान, गुप्तचर, वैज्ञानिक जस्ता पेशामा यो राशिलाई निकै फाप्छ ।

मीन: यो राशि भएका व्यक्तिलाई बढी जागिर वाप्छ । भेइकल, गुप्तचर विभाग, फायर सर्भिस र अदालती सेवामा यो राशिलाई सफलता प्राप्त हुन्छ । यो राशिका व्यक्तिले सकेसम्म मसलाजन्य उत्पादनको काम नगर्दा राम्रो हुन्छ ।

Post Views: 76

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme