Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

भारतमा रेल्वेमा काम गर्ने सामान्य मजदुरको छोरा सन्दीपको नालीबेली बाहिरियो !

Posted on October 7, 2022

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई आज प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्‍यो । एकातर्फ दशैंको माहोल र अर्कोतर्फ बिहानैदेखि मुसलधारे वर्षात भइरहेको हुँदा विमानस्थलमा सन्दीपका समर्थकहरुको खासै उपस्थिति देखिएन ।

अनुहारमा मास्क र क्याप लगाएका सन्दीप प्रहरीले हातमा लगाइदिएको हत्कडीलाई रुमालले छोपेर बाहिर निस्किएका थिए । अनुहारको उदासी उनले लगाएको मास्कले छोप्न सकिरहेको थिएन । प्रहरी भ्यानतर्फ जाने क्रममा उनले हत्कडी लगाएको हातले उपस्थित सञ्चारकर्मीलाई ‘नमस्कार’ गर्ने प्रयास गरे ।

सन्दीपलाई पक्राउ गर्न एआइजीको कमाण्डमा प्रहरीको ठूलै फौज बिमानस्थलमा तैनाथ थियो । प्रहरीका तीन–चार गाडी बिमानस्थल अगाडि तेर्स्याइएका थिए । उनलाई बाहिर निकाल्ने क्रममा पनि ठूलो सुरक्षा घेरा बनाइएको थियो ।

गौशाला प्रहरी वृत्त पुर्याएर हाजिरी गराएपश्चात सन्दीपलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गरियो । त्यहाँबाट फर्काएपछि सोही वृत्तको हिरासतमा राखिएको छ । आज हिरासतमा सन्दीपलाई उनका दाजु र वकिलले भेटे । चितवनबाट आएका दाजुले सन्दीपको लगेज वृत्तबाट बुझेर लगेका थिए । सन्दीपका बाबुआमा भने चितवनमै छन् ।

मध्यमवर्गीय परिवारबाट माथि उठेका प्रतिभा हुन् सन्दीप । उनका बुवा पहिले भारतीय रेल्वेमा काम गर्थे । दाजु अहिले पनि भारतमा कार्यरत छन् । उनी भारतको हरियाणामा सानोतिनो व्यवसाय गर्छन् । सन्दीपका दुई दिदीहरु छन् । दुवैजना विवाहित हुन् । सन्दीपका बुवा चन्द्रनारायण भारतीय रेल्वेमा काम गर्थे । जागीरबाट रिटायर्ड भएपछि उनी नेपाल फर्किएका हुन् । चितवनको सौराहामा उनीहरुको घर छ ।

सन्दीपको घटना सार्वजनिक भएसँगै बुवाआमामा मानसिक प्रभाव परेको छ । उनीहरु दुवै अस्वस्थ बनेपछि अहिले चितवनमै रहेको एक छोरीको घरमा बस्न थालेको पारिवारिक स्रोतले बतायो । अस्वस्थताका कारण उनीहरु आज काठमाडौं आउन सकेनन् । सन्दीपका दाजु मोहन भने अहिले भारतबाट काठमाडौं आएका छन् । उनले गौशला प्रहरीवृत्तमा सन्दीपलाई भेटेका थिए । सन्दीपले ल्याएका लगेज मोहनले नै बुझेर लगेका छन् ।

Post Views: 63

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme