Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

मूल्य सुन्दै होस उड्ने सम्पतीका मालिक हुन प्रभास, यी हुन् उनीसँग भएका ५ महँगा चिज

Posted on October 7, 2022

कुनै बेला दक्षिण भारतीय फिल्ममा मात्र देखिएका र त्यतैका दर्शकमाझ लोकप्रिय अभिनेता प्रभासका अहिले संसारभरमा प्रशंसक छन्। फिल्म ‘बाहुबली’ बाट पूरै भारत र अरू देशमा समेत बलियो पहिचान बनाए ।

अहिले उनी आफ्नो नयाँ फिल्म ‘आदिपुरुष’ का कारण पनि चर्चामा छन्। पाँच सय करोड भारूमा बन्दै गरेको यो फिल्ममा उनी रामको भूमिकामा छन्। यसनिम्ति उनले सय करोड भारू पारिश्रमिक लिएको चर्चा छ। यसो हो भने उनी सबभन्दा धेरै पारिश्रमिक लिने कलाकार बन्छन्।

बाहुबलीका दुई भागपछि प्रभासको लोकप्रियता र फिल्ममा माग बढ्दो छ। योसँगै उनको सम्पत्ति पनि बढ्दै गएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।

हाल प्रभासको कुल सम्पत्ति दुई सय १५ करोड भारू भएको बताइएको छ। उनीसँग महँगा सामानहरूको संकलन पनि राम्रै छ।

यहाँ उनीसँग भएका ५ महँगा चिजको उल्लेख गरिएको छ।

१. करोड पर्ने जिमका सामान

एसएस राजामौलीको निर्देशनमा बनेको बाहुबलीका लागि प्रभासले आफ्नो शरीर बनाउन निकै मेहनत गरेका थिए। यसअघि उनी अलि दुब्ला थिए। बाहुबलीका लागि उनले तौल बढाए र शारीरिक सुगठनका लागि जिम गरे।

टाइम्स अफ इन्डियाका अनुसार ४१ वर्षीय प्रभासले त्यो बेला ८२ किलो तौल बढाएर १०२ किलो बनाएका थिए। शरीर बनाउन व्यायाम गर्ने जिमखाना उनले घरमै बनाएका छन्।

उनीसँग घरमा डेढ करोड भारू पर्ने जिमका सामान र उपकरण भएको बताइएको छ।

२. रोल्स रोयस फ्यान्टम गाडी

प्रभासले सन् २०१५ मा अभिनेता अमिताभ बच्चन, शाहरूख खान, अक्षय कुमार र अरू केहीलाई पछ्याउँदै नयाँ गाडी किने- रोल्स रोयस फ्यान्टम।

टाइम्स नाउको रिपोर्टअनुसार यो गाडीको ८ देखि ९ करोड भारू पर्छ। हैदरावादका सडकमा उनी यही गाडी लिएर हिँड्छन्। यो गाडी किन्दा उनी निकै उत्साहित भएको बताइएको छ।

३. बिएमडब्लु एक्स ३

प्रभासको गाडीहरूको संकलनमा बिएमडब्लु एक्स ३ पनि पर्छ। टाइम्स अफ इन्डियाका अनुसार यसको मूल्य ६८ लाख भारू हो। अडी क्यु ५ र मर्सिडिज जिएलसीको प्रतिस्पर्धी मानिने यो गाडी सनरूफसहित आधुनिक सुविधाहरू छ।

यसबाहेक प्रभाससँग आफ्नै अनुकूल डिजाइन गरिएको ल्यान्ड रोभर रेन्ज रोभर गाडी पनि छ। यो गाडी बेलायतमा डिजाइन गरेर पछि भारत ल्याइएको बताइएको छ।

४. जाग्वर एक्सजेआर

‘साहो’ अभिनेता प्रभाससँग जाग्वर एक्सजेआर गाडी पनि छ। यसकव मूल्य करिब २ करोड ८० लाख भारू पर्ने बताइएको छ। यो शक्तिशाली गाडीमध्ये पर्छ।

५. हैदरावादमा फार्महाउस

प्रभासको हैदरावादको जुब्ली हाउसमा आलीशान फार्महाउस छ। यसको मूल्य करिब ६० करोड भारू पर्ने इन्डिया टुडेले लेखेको छ। यो घरमा फराकिलो बगैंचा, स्विमिङ पुल, जिम मन्दिर छ।

Post Views: 85

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme