Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

यो जोडी सांस्कृतिक स्वीकृति र धार्मिक सहिष्णुताको उत्कृष्ट उदाहरण

Posted on October 7, 2022

काठमाडौं । हामी यो जोडिका बारेमा व्यक्तिगत जीवनमा धेरै केही लेख्दैनौ । तर नेपालकी युवती अलिशा कुँवर रंगभेदीलाई गतिलो पाठ सकिकाएकी छिन् । मानव जातिमा रंगमा भिन्नता गर्नु मुर्खता हो भावनामा हुनुपर्छ मेल भन्ने उदाहरणपनि हो यो जोडी ।

नेपालकी अलिशा र घानाका डेनिसबिच विवाह भएको केही समय वितिसकेको छ । यो विवाहित जोडीले सँगै दशैं मनाएका छन् । यो जोडी सांस्कृतिक स्वीकृति र धार्मिक सहिष्णुताको उत्कृष्ट उदाहरण बनेका छन् । सम्मान छ यो जोडीलाई !

मिर्छुलुङमा दसैँ पर्यटन मेला हुने
तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङमा चौथो मिर्छुलुङ दसँै पर्यटन मेला हुने भएको छ । तेस्रो नेत्र युवा संस्थाको आयोजना र मिर्छुलुङ विकास समितिको संरक्षकत्वमा दसँै तथा तिहारको अवसरमा उक्त मेला एवं जुनियर पुरुष भलिबल प्रतियोगिता पनि आयोजना गर्न लागिएको हो ।

मिर्छुलुङको पर्यटन प्रबद्र्धनका लागि असोज २१ गतेदेखि २३ गतेसम्म पर्यटन मेला एवं भलिबल प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका महेन्द्र आलेले जानकारी दिनुभयो ।

भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २२ हजार दुई सय २२, रु १६ हजार छ सय ६६ र रु ११ हजार एक सय ११का साथै ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

पर्यटन मेलामा मिर्छुलुङ होमस्टे, भ्युटावर, मगर लाफा भिलेजका साथै विविध सांस्कृतिक कार्यक्रम प्रमुख आकर्षणका रुपमा रहने छन् ।

ग्रामीण पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण गरिएको छ । देश तथा विदेशमा रहेका नेपालीहरुबाट सङ्कलन गरिएको रकमबाट उक्त स्तम्भ निर्माण गरिएको हो ।

कूल रु ३८ लाख चार हजार नौ सयको लागतमा स्तम्भ निर्माण गरिएको मिछुर्लुङ क्षेत्र विकास तथा भ्युटावर निर्माण समितिका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिनुभयो । उक्त मेलाका अवसरमा भ्युटावर सर्वसाधारणको आकर्षणको केन्द्र बन्न सक्ने विश्वास गरिएको छ ।

मगर समुदायको कौरा, झ्याउरे, प्राङ्गारिक परिकार मिर्छुलुङ घरबासको विशेषता हो । प्राकृतिक सौन्दर्य भरिपूर्ण मिर्छुलुङमा झरना पनि छ । उक्त झरनामा एकपटक क्यानोनिङ समेत सञ्चालन गरिएको थियो ।

Post Views: 25

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme