Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

२०२२ को विश्वकप बारे मेस्सीकाे यस्ताे खुल्लासा, के मेस्सीले फुटबलबाट नै सन्यास लिन लागेका हुन् त ?

Posted on October 7, 2022

काठमाडौं । विश्वचर्चित फुटबल खेलाडी लियोनल मेसीले आगामी महिना कतारमा हुन लागेको सन् २०२२ को विश्वकप आफ्नो लागि अन्तिम हुने बताएका छन् ।

स्टार प्लससँगको अन्तर्वार्तामा आफ्नो फुटबल भविष्यबारे पहिलोपटक बोल्दै मेसीले आगामी विश्वकप अन्तिम हुने बताएका हुन् । के यो विश्वकप तपाईंका लागि अन्तिम होला ? भनेर सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘हो, साँच्चै त्यो मेरो अन्तिम हुने छ ।’

यद्यपि उनले फुटबलबाट सन्यास लिन्छन् कि लिंदैनन् भन्नेबारे भने खुलाएका छैनन् । कतार विश्वकप पछि अर्को विश्वकप चार वर्षपछि हुने छ । त्यो बेलासम्म मेसी ३९ वर्ष पुग्नेछन् ।

त्यसैले पनि उनले विश्वकप नखेल्ने भनेको हुनसक्ने अनुमान धेरैको छ । अहिलेसम्म आफूले शारीरिक रुपमा राम्रो महसुस गरिरहेको उनले बताएका छन् । ‘म चोटग्रस्त भएर फर्किएको छु, अहिले राम्रो महसुस भइरहेको छ,’ उनले भनेका छन्, ‘अहिले वर्ल्ड कपको दिन गनिरहेको छु ।’

मेसीको कप्तानीमा अर्जेन्टिनाले लगातार ३५ म्याचमा जित हासिल गरेको छ । अर्जेन्टिनाले सन् २०२१ को कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिललाई समेत हराएको थियो ।

विश्वकपबारे उनले थप भनेका छन्, ‘विश्वकपमा जे पनि हुनसक्छ । सबै खेल गाह्रो हुन्छन् । आफूलाई मन परेको टिमले जित्ने कुनै ग्यारेन्टी हुँदैन । मलाई पनि थाहा छैन हामी पनि मन पराइन्छौं कि पराइँदैनौं तर अर्जेन्टिना आफ्नो इतिहासका कारण सधैं एक दाबेदार भने रहन्छ ।’

Post Views: 58

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme