सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ४ निवासी कृष्ण श्रेष्ठ नाम गरेका एक पुरुष पुष्पा श्रेष्ठ नाम गरेकी आफ्नी श्रीमती एकचोटि मात्र नभएर तेस्रोपटकसम्म हराएपछि छोरोको साथमा श्रीमतीको खोजी गर्दै मिडियासामु आएका छन ।
दुई पटकसम्म आफुले खोजी गरेर श्रीमतीलाई घर फर्काएको तर बारम्बार यसरी श्रीमती फरार भएपछी उनी मर्नु न बाँच्नु भएकीछिन ।
पहिलोपटक आफन्तको भेटिएकी श्रीमती दोस्रोपटक भने प्रहरीलाई निबेदन दिएपछि प्रहरीको सहयोगमा भेटिएको उनले जानकारी गराईन । तर तेस्रोपटकमा भने श्रीमतीको अहिलेसम्म कुनै अत्तोपत्तो नै नरहेको अबस्था छ, उनले यसपटक पनि प्रहरीलाई निबेदन भने दिईसकेको अबस्था छ ।
श्रीमती तिनचोटिसम्म हराउँदा पनि श्रीमतीको चालचलनमाथी त्यति शंका गर्ने ठाउँ नरहेको श्रीमानको भनाई छ । श्रीमती सात महिनादेखि सम्पर्कमा नआउँदा पनि ससुरालीले भने खोज्दै गरेको बताएतापनि त्यति चासो नदिएको बताएका छन ।
बाँकी हेर्नुस तलको भिडियोमा