Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

हिरासतमा सन्दीप लामिछानेसँगै छन् ३० लागूऔषध र चोरीका आरोपी

Posted on October 8, 2022

२२ असोज, काठमाडौं । दुई दिनदेखि प्रहरी हिरासतमा रहेका क्रिकेट स्टार सन्दीप लामिछाने हिरासतमा के गर्दै होलान् ? उनी हिरासतमा कसरी राखिएका होलान् ? धेरैलाई जिज्ञासा छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहोराका अनुसार चर्चित व्यक्ति हुँदैमा उनलाई फरक व्यवहार गरिएको छैन । ‘कानूनको नजरमा सबै समान हो, अन्य थुनुवा सरह व्यवहार गरिएको छ’, बोहोरा भन्छन् ।

परिसरका अर्का एक अधिकृतका अनुसार लामिछानेसँगै गौशाला प्रहरीको हिरासतमा थप ३० जना थुनुवा छन् । हिरासत कक्ष सानो भएकाले कोचाकोच गरेर उनीहरुलाई राखिएको छ । लामिछाने पनि त्यहीँ छन् । हिरासतभित्रै एउटा मात्र शौचालयको व्यवस्था छ ।

‘धेरैजना थुनुवा भएकाले कहिलेकाहीँ धेरै पालो कुर्नुपर्छ’, ती अधिकृतले भने, ‘अवर पर्दा कहिलेकाहीँ थुनुवालाई बाहिरको शौचालय पनि प्रयोग गर्न दिने गरेका छौं ।’गौशाला प्रहरीका अर्का एक अधिकृतका अनुसार लामिछानेले हिरासतमा अरु थुनुवासँग गफ गर्दै दिन काट्ने गरेका छन् । उनलाई भेट्न पनि आफन्त र अन्य व्यक्तिहरु आउने गरेका छन् ।
पक्राउ परेको दिन उनलाई भेट्न सन्दीपका कानून व्यवसायी सरोज घिमिरेलाई पनि अफ्ठ्यारो प¥यो । बिहीबार विमानस्थलमा लामिछानेलाई पक्राउ गर्न प्रहरी तैनाथ रहँदा घिमिरे प्रहरी वृत्त गौशालामा थिए । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गर्ला भन्ने लागेकै थिएन ।

गौशालामै लामिछानेलाई भेट्न भनेर कुरेर बसेका घिमिरे लामिछानेलाई पक्राउ गरेर प्रहरीले ल्याएपछि झस्किएका एक प्रहरी अधिकृत बताउँछन् । उनले इमेलमार्फत सन्दीपले आत्मसमर्पण गर्न चाहेकाले समन्वय गरिदिन प्रहरीलाई भनिएको बताउँदै आएका थिए । तर प्रहरी त्यस्तो निवेदन नआएको प्रतिक्रिया दिएको थियो । घिमिरेले लामिछानेलाई भेटेपछि स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताएका छन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै घिमिरेले भनेका छन्, ‘उहाँले आफू षडयन्त्रको शिकार भएको बताउनु भएको छ र निर्दोष साबित हुनेमा विश्वस्त हुनुहुन्छ ।’ शुक्रबार क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले पनि लामिछानेलाई भेटेका छन् । हिरासतमा थुनुवाका लागि प्रहरी कार्यालयमै खाना बनाइन्छ । थुनुवाले चाहे क्यान्टिनबाट मगाएर पनि खान सकिन्छ । तर, अहिले दसैंका कारण क्यान्टिन बन्द रहेको एक अधिकृतले बताए ।

‘बाहिरबाट पनि ल्याउन पाइन्छ, निश्चित प्रक्रिया पूरा गरेर दिन्छौं’, उनले भने, ‘तर लामिछानेलाई अहिलेसम्म बाहिरबाट कसैलाई खाना ल्याइदिएको छैन ।’ उनका अनुसार लामिछानेलाई अन्य थुनुवा सरह नै शाकाहारी खानाको व्यवस्था गरिएको छ ।

लामिछानेसँगै छन् लागूऔषध, चोरीका आरोपी

हिरासतमा लामिछानेसँगै लागूऔषध कसूरका एक भारतीय नागरिकसहित ४ थुनुवा छन् । चोरीका दुई जना आरोपी छन् । अभद्र व्यवहारसम्बन्धी कसूरका एक भारतीयसहित ७ जना व्यक्ति हिरासतमा छन् । गौशाला प्रहरीको हिरासतमा ज्यान मार्ने उद्योगका भारतीय नागरिक २२ वर्षीय अलवाज खान र गुल्मीका सन्तोष खड्का पनि छन् । बहुविवाहको कसूरमा पनि एकजना थुनामा छन् ।

बैंकिङ कसूरका नारायणप्रसाद भुसाल र तुलबहादुर पुन पनि छन् । सरकारी छाप तथा दस्तखत कीर्ते कसूरका सीता योन्जन तामाङ र पदमबहादुर तामाङ पनि हिरासतमै छन् ।प्रहरीले अदालत विदा भएका कारण सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि म्याद लिएको छैन । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार आइतबार अदालत खुल्ने वित्तिकै उनलाई हाजिर गराइनेछ र म्याद लिइनेछ ।

प्रहरीका अनुसार गौशालाको हिरासतमा लामिछाने जस्तै म्याद थप नगरी राखिएका अरु ४ जना अभियुक्त पनि छन् । त्यस्ता अभियुक्तमा गाँजासहित पक्राउ परेका विमल देउला, पैसा लुटपाटमा संलग्न सुजन राउत, सञ्जय थापा लगायत छन् ।

लामिछानेविरुद्ध प्रहरी वृत्त, गौशालामा २१ भदौमा १७ वर्षकी किशोरीले जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् । नाबालिग बलात्कारको जाहेरी परेको दुई दिनपछि प्रहरीले पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको थियो । पक्राउ पूर्जी जारी भएपछि लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको कप्तानबाट निलम्बन गरेको थियो ।

लगत्तै लामिछानेले कानूनको सम्मान गर्दै स्वदेश फर्किने बताए पनि एक महिनासम्म सम्पर्कविहीन रहेका थिए । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएपछि उनी बिहीबार स्वदेश फर्किएका थिए ।

Post Views: 44

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme