काठमाडौं । अपरिचित केटीहरुसँग नग्न च्याट गर्दा अस्ट्रेलियामा नेपालीहरु फसिरहेको सूचना बाहिरिएको छ । पछिल्लो हप्ता मात्र २ वटा सूचना आएको छ । अस्ट्रेलियामा रहेका नेपालीहरुलाई अपरिचित राम्री केटीको आकर्षक फोटो राखिएका फेसबुकबाट फ्रेण्ड रिक्वीस्ट आउँछ !
त्यहाँ कुरा गर्न थालेपछि भाईबर वा ह्वाट्सएपमा कुरा गर्ने प्रस्ताव हुन्छ । बोल्दै जाँदा युवतीहरुले नग्न हुन भन्छन् । त्यो भिडियो डिभाइसमा रेकर्ड भइरहेको हुन्छ । त्यसपछि युवतीको पार्टलाई फ्यालेर अब त्यो अपलोड गरिदिने र चरित्र नाश गरिदिने भन्दै बार्गेनिङ हुन्छ ।
भनेजति रकम नदिए सार्वजनिक गरिदिने धम्की हुन्छ । यस्तो धम्कीले धेरैले मोटो रकम गुमाएको अनुमान गरिएको छ । केही घटना त प्रहरीसम्मपनि पुगेको छ । प्रहरीमा उजुरी दिन आँट गर्नेले न्यायपनि पाएका छन् । तर डराएर रकम दिनेहरुले गुमाएका छन् ।
यसबाट कसरी बच्ने ?
पहिलो कुरा त तपाईले अपरिचितको फ्रेण्ड रिक्वीस्ट एसेप्ट नै नगर्नुहोस् । एसेप्ट भइहाल्यो भनेपनि क्लोज नभएसम्म एक अर्कालाई नचिनेसम्म भिडियोमा कुरा नै नगर्नुहोस् । अझ नांगो हुन कसैले प्रस्ताव गर्दैछ भने ख्याल गर्नुहोस् । चिनजान छैन तर यति छिटो यस्तो भइरहेको छ भने त्यहाँ पक्कै अपराधको तानाबाना हुँदैछ ।
यसैले क्यामेरा अगाडि नांगिदै ननांगिनुहोस् । यति सचेत हुन सकिएन । गलत भइहाल्यो भने के गर्ने त ? अब तपाईलाई यस्तो अपराधको शिकार बनाएर कसैले धम्कि दिँदैछ भने तत्कालै उसलाई ब्लक गर्नुहोस् । आफ्नो फ्रेण्ड लिस्ट आफूले मात्र हेर्न मिल्नेगरी प्राईभेट राख्नुहोस् । साथै केही समयका लागि फेसबुकलाई डिएक्टीभ राख्नुहोस् ।
त्यस लगत्तै अस्ट्रेलियामा हुनुहुन्छ भने स्क्याम वाच र साइबर सेक्युरिटी सेन्टर जस्ता वेबसाईटमा गएर उजुरी गर्नुहोस् । तपाईको सुरक्षाका लागि त्यहाँको सरकारी संयन्त्रले तत्कालै सहयोग गर्नेछ ।
यो सचेता बारम्बार दिँदा समेत ठगिने क्रम रोकिएको छैन । यो सामाग्री आफूले पढिसकेपछि सेयर गर्न नभुल्नुहोला । नेपालमा हुनुहुन्छ । अस्ट्रेलियामा कोही आफन्त, साथी भाई छन् भने यो सामाग्री दिनुहोस् ।