Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

किशोरीकै प्रस्तावमा आफूले उनलाई भेटेको सन्दीपको भनाइ ! जबरजस्ती होटलमा लगेको कुरा झुट्टो हो

Posted on October 9, 2022

काठमाडौं । यौ’नजन्य कसुरमा पक्राउ परेका राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने चार दिनदेखि गौशाला प्रहरीको हिरासतमा छन् । उनलाई त्यहाँ अन्य कैदी बन्दी सरह नै राखिएको छ ।

आफूलाई भेट्न आएकाहरूसँग सन्दीपले प्रहरीको व्यवहार र बसाइलाई लिएर कुनै गुनासो गरेका छैनन् । उनले सबैसँग आफू निर्दोष रहेको र आरोप निराधार रहेको दोहोर्‍याइरहेका छन् ।सन्दीपको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘रुम अलिकति निसास्सिँदो भए पनि भित्रको माहोल ठिकै छ । प्रहरीले अहिलेसम्म सहयोगी व्यवहार गरिरहेका छन् ।’

सन्दीपले हिरासतभित्र सबै कैदीका लागि पाक्ने खाना नै खाइरहेका छन् । हिजो उनलाई परिवारजनले अलिकति ड्राइफ्रुट्सका साथै टावेल, ट्राउजर लगायतका लुगाफाटा पुर्‍याइदिएका थिए ।सन्दीपलाई आज उनका वयोवृद्ध आमाबुवा हिरासतमा भेटे । बुवा चन्द्रनारायण र आमा कोपिलादेवीले आज दिउँसो गौशाला प्रहरी वृत्तमा पुगेर छोरालाई भेटेका हुन् ।

आफैँ अस्वस्थ अवस्थामा रहेका आमाबुवा सन्दीपलाई भेट्न आजै चितवनबाट काठमाडौं आएका थिए । उनीहरूले प्रहरीको रोहबरमा सन्दीपसँग केही बेर कुराकानी गरेको प्रहरी स्रोतले बतायो । कुराकानीका क्रममा तीनै जना भावुक बनेको स्रोतको भनाइ छ ।

सन्दीपलाई भेटेर आजै चितवन फर्किने उनीहरूको तयारी थियो । फर्के÷नफर्केको चाहिँ थाहा हुन सकेन । सन्दीपविरुद्ध प्रहरीमा जाहेरी परेदेखि मानसिक तनावमा परेका आमाबुवा अहिले चितवनमै रहेको छोरीको घरमा बस्दै आएका छन् ।सन्दीप नेपाल आएर आत्मसमर्पण गरेपछि भारतमा बस्ने उनका दाइ काठमाडौं आएका थिए । उनले दाजुको लगेज बुझेर लगेका छन् ।

सन्दीपसँग हिजो नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले हिरासतमा भेटेका थिए ।चन्दसँगपनि सन्दीपले आफू निर्दोष रहेको भन्दै न्यायको लडाइँमा साथ दिन आग्रह गरे । नेपाल प्रेससँग कुरा गर्दै चन्दले सन्दीपलाई विचलित नहुन र न्याय प्रणालीमा विश्वास राख्न आफूले सुझाव दिएको बताए ।

यसैबीच सन्दीपले आफूमाथि लागेको आरोपका विषयमा आफ्ना कानून व्यवसायीलाई सुरुवाती ब्रिफिङ गरेका छन् । सन्दीपको तर्फबाट बहस गर्ने तयारीमा रहेका कानून व्यवसायी सरोज घिमिरेले हिजो उनलाई दोस्रो पटक हिरासतमा भेटेका थिए ।

घिमिरेका अनुसार किशोरीकै प्रस्तावमा आफूले उनलाई भेटेको सन्दीपको भनाइ छ ।‘उनले नै भेट्ने चाहना व्यक्त गरेपछि म गएको हुँ, जबरजस्ती होटलमा लगेको कुरा झुट्टो हो,’ सन्दीपको भनाइ उद्धृत गर्दै घिमिरेले भने ।

सन्दीपले अहिलेसम्म कुनै सवुत प्रमाण भने उपलब्ध गराएका छैनन् । सन्दीपको मोबाइल फोन प्रहरीको नियन्त्रणमा छ । घिमिरेले भोलिबाट आफूहरूले आन्तरिक रूपमा अध्ययन अनुसन्धान सुरु गर्ने जानकारी दिए ।सन्दीप गत बिहीबार त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको आरोप लगाउँदै जाहेरी दिएपछि उनीमाथि प्रहरी अनुसन्धान जारी छ ।- नेपाल प्रेस

Post Views: 106

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme