Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

रेखा थापालाई शुभकामना दिँदै छविराज ओझाले यस्तो लेखेपछि..

Posted on October 10, 2022

लचित्र निर्माता छवि ओझाले कलाकारसमेत रहेकी राप्रपा नेतृ रेखा थापालाई प्रतिनिधिसभा सदस्यमा जितको शुभकामना दिएका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मोरङ ३ मा उम्मेदवारी दर्ता गरेकी रेखालाई छविले जितको शुभकामना दिएका हुन् ।

पूर्वपतिसमेत रहेका छविले रेखाको साहस, आँट र नेतृत्वदायी क्षमतालाई आफूले नजिकबाट चिनेको बताएका छन् । रेखाको राजनीतिक यात्रा सफल रहनेमा विश्वस्त रहेका छविले चलचित्रमार्फत नारी आवाजलाई बुलन्द गर्दै दशौं वर्षसम्म शीर्ष स्थानमा रहन सफल, क्रान्तिकारी मान्यता बोकेकी आँटिली हिम्मतवाली नायिकाको रुपमा चित्रण गर्दै रेखालाई जितको शुभकामना दिएका हुन् ।

रेखासँग सम्बन्धविच्छेद गरी छविले शिल्पा पोखरेलसँग विवाह गरेका थिए । तर, शिल्पासँग सम्बन्ध धेरै समय टिकेन । तर, उनै छविले पूर्वपत्नी रेखालाई जितको शुभकामना दिएका हुन् ।

रेखालाई जितको शुभकामना दिँदै छविले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् :

कलिलो उमेर मै नेपाली सिने क्षेत्रमा प्रवेश गरेर नेपाली सिने क्षेत्र कै गौरब बन्न सफल– चलचित्रमार्फत नारी आवाजलाई बुलन्द गर्दै दशौं वर्षसम्म शीर्ष स्थानमा रहन सफल, क्रान्तिकारी मान्यता बोकेकी आँटिली हिम्मतवाली नायिका हाल राप्रपाको नेतृ– रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नं. ३ बाट उम्मेदवाी दर्ता गरेकी छिन्।

रेखाको साहस, आँट र नेतृत्वदायी क्षमतालाई मैले नजिकबाट चिनेको छु– तपाईंको राजनीतिक यात्रा सफल रहनेमा म ढुक्क छु ।

रेखा जी तपाईलाई जितको लागि अग्रिम शुभकामना ।

Post Views: 26

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme