काठमाडौं । सन्दीप लामिछानेले आफूलाई ब लात्कारको आरोप लगाउने युवतीले १९ वर्ष उमेर भएको बताएको दाबी गरेका छन् ।
सन्दीपले सोमबार म्याद थपका लागि अदालत लैजाने क्रममा न्यायाधीशसँग युवतीले आफू १९ वर्ष भएको बताएको र भविष्यमा फाइदा हुने भएकाले उमेर घटाएको भनेको उनका कानुन व्यवसायी सुधा रिजालले बताइन् ।
अधिवक्ता रिजालले पीडित युवतीका दुईवटा जन्मदर्ता देखिएको र त्यसमा नाबालिग नदेखिएको बताइन् ।झुटा मुद्धाा लगाउनेलाई ३ महिनादेखि कसुरको प्रकृति हेरी ५ बर्षसम्म स जायको ब्यबस्था कानुनमा छ ।