Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

होस्टल बन्द भइसक्यो भन्दै नाबालिगले सन्दीपको जिउमा अढेस लागेपछि…

Posted on October 10, 2022

ब लात्कारको आरोप लागेपछि पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने ५ दिनदेखि प्रहरी हि रासतमा छन्। कतारको दोहा हुँदै आउने क्रममा गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प क्राउ परेका उनलाई बुधबारसम्म थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

सोमबार म्याद थपका लागि प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो। प्रहरीले १० दिन म्याद मागे पनि अदालतले तीन दिन कम दिएको छ। सन्दीप लामिछानेले आफ्नो मुद्दाको टुंगो छिटो लगाइदिन अनुरोध गरेका छन्। सोमबार म्याद थपका लागि अदालतमा उपस्थित गराउँदा पनि उनका कानुन व्यवसायीले न्यायाधीशसमक्ष यस्तो आग्रह गरेका थिए। म्याद थपका क्रममा न्यायाधीशले सन्दीपलाई केही भन्नु छ भनेर सोधेका थिए। त्यसक्रममा उनले यसअघि बयानमा जस्तै आफू नि र्दोष रहेको जिकिर गरेका छन्।

सन्दीपका कानुन व्यवसायीका नगरकोट कसरी पुगेको भन्ने कुरा पनि उनले सोमबार अदालतमा बताएका छन्। यसअघि आइतबारदेखि नै सरकारी वकिलको रोहबरमा उनको बयान सुरु भएको छ। बयानमा सन्दीपले जाहेरवालाकै पूर्वयोजना अनुसार आफू नगरकोट पुगेको बताएका छन्। नाबालिग भनिएकी जाहेरवालीले नगरकोट जाने कुरा उनका साथीहरुलाई पनि सुनाएकी थिइन्।

‘उनले नगरकोट जान प्रस्ताव गरेपछि मैले त्यता नजाऊँ दरबारमार्गमै चिया कफी पिऊँ भनेको थिएँ। म क्याम्पमा छु। भोलि बाहिर जानुछ भनेको थिएँ। पुगेर आइहालौँ मलाई काठमाडौंको सिन त्यहाँबाट हेर्न एकदमै मन छ भनिन्’, सन्दीपले इजलाससमक्ष भने। नगरकोट पुगेर फर्किन आफूलाई ढिलो हुन्छ र जाहेरवालीलाई पनि होस्टल फर्किदा बन्द होला भनेको तर उनले त्यस्तो नहुने बताएको सन्दीपले भनेका छन्।

त्यसदिन नगरकोटबाट फर्किऊँ भन्दा पनि जाहेरवालीले ढिलो भइसक्यो, आज नजाऊँ यतै बसौँ भनेको सन्दीपले बताएका छन्। ‘मलाई भोलि बाहिर जानुपर्छ, तिमीलाई पनि होस्टल फर्किनुछ भनेँ। त्यसपछि उनी रिसाएर गाडीमा बसिन्। फर्किंदा बाटोमा उनले मेरो होस्टल बन्द भइसक्यो, अब जान मिल्दैन भनिन्’, सन्दीपको बयानबारे उनका कानुनी सल्लाहकारले भने।

नगरकोट जाने क्रममै उमेरको विषयमा पनि कुरा भएको सन्दीपले बताएका छन्। जाहेरवालीले १९ वर्षको भएको तर कागजातमा चाहिँ उमेर घटाएको बताएको सन्दीपले बताएका छन्। होस्टल बन्द भएको र अब जान मिल्दैन भनेपछि उनकै आग्रहमा होटलमा बसेको सन्दीपको जिकिर छ।

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशलामा बलात्कारको आरोपमा जाहेरी परेको थियो। जाहेरी पर्दा विदेशमै रहेका सन्दीप गत बिहीबार श्वदेश फर्किनासाथ पक्राउ परेका छन्। प्रहरीले अनुसन्धान सकेपछि सरकारी वकिल कार्यालयले अभियोग अदालतमा दायर गर्नेछ।

त्यसपछि थुनछेक बहस हुनेछ। तर सन्दीपको बयान सकिएको छैन। अन्य प्रमाण संकलनको काम पनि भइरहेको प्रहरीले जनाएको छ।

Post Views: 60

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme