Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

प्रेमगीत ३ ले कति कमायो ?

Posted on October 11, 2022

सन्तोष सेनले निर्माण तथा निर्देशन गरेको फिल्म ुप्रेमगीत ३ु तेस्रो सातामा प्रदर्शन भइरहेको छ।निर्माता सेनका अनुसार फिल्मले दुई सातामा विश्वव्यापी रुपमा करिब ३४ करोड रुपैयाँ कमाइ गरेको छ।

फिल्मले दुई सातामा नेपालमा ११ करोड ८१ लाख रुपैयाँ कमाएको जनाइएको छ। आइतबार सेनले आफ्नो फेसबुकमार्फत फिल्मको कमाइ सार्वजनिक गरेका हुन्।

फिल्मले पहिलो साता नेपालमा ७ करोड ९६ लाख कमाएको छ भने दोस्रो साता ३ करोड ८५ लाख कमाएको हो। यो कमाइ नेपाली र हिन्दी दुवै संस्करणको हो।

यो फिल्मले नेपालमा २ करोड ५ लाखमा ओपनिङ गरेको थियो। फिल्मले दोस्रो दिन शनिबार २ करोड २२ लाख, तेस्रो दिन आइतबार ९५ लाख ५० हजार, चौथो दिन सोमबार १ करोड १५ लाख, पाँचौँ दिन मंगलबार ६५ लाख, छैटौँ दिन बुधबार ६१ लाख र सातौँ दिन बिहीबार ५३ लाख कमाइ गरेको छ।

फिल्मले दोस्रो साता शुक्रबार ४१ लाख, शनिबार ७२ लाख, आइतबार ३९ लाख, सोमबार ३८ लाख, मंगलबार ३२ लाख, बुधबार ४१ लाख, बिहीबार ४० लाख र शुक्रबार ८२ लाख कमाइ गरेको छ।

यो फिल्मले भारतमा दुई सातामा ४ करोड ७६ लाख भारु ७ करोड ६० लाख कमाएको उल्लेख छ। भारतमा फिल्मले पहिलो साता ३ करोड ४४ लाख भारु कमाएको थियो भने दोस्रो सातामा १ करोड ३२ कमाएको हो।

नेपाल र भारतबाहेक अन्य देशहरूमा फिल्मले दुई सातामा ९ करोड १४ लाख भारु ९१४ करोड ५९ लाख बढी कमाएको छ। फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।

प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

Post Views: 47

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme