Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

खुल्यो UK मा मौसमी कामको रोजगारी: कति हुन्छ खर्च अनि कति कमाई हुन्छ ? कसरी जाने त ?

Posted on October 11, 2022

काठमाडौं :

नेपालबाट पछिल्लो समय संयुक्त अधिराज्य बेलायतमा ‘सिजनल वर्कर’ का रुपमा जानेको संख्या बढ्न थालेको छ ।बेलायतले भीसा उपलब्ध गराएपछि गत भदौदेखि नेपाली युवाहरु अल्पकालीन रोजगारीका लागि त्यहाँ जान थालेका हुन् ।

सिजनल वर्करका लागि जान चाहनेहरुले अनलाइनमार्फत आफैँ आवेदन गर्न सक्छन् । तर त्यसबारे पर्याप्त जानकारी नलिँदा म्यानपावर र दलाललाई चर्को शुल्क तिरेर नेपाली युवाहरु बेलायत गएका हुन् ।

सिजनल वर्करका लागि बेलायतमा मात्र नभएर क्यानाडा, नर्वे, फिनल्याण्ड, दक्षिण कोरिया, इजरायललगाय देशले पनि विश्वका विभिन्न मुलुकबाट कामदार लैजाने गरेका छन् । बेलायत मात्र नभएर अन्य देशमा आवेदन दिने नेपालीको संख्या

बढेको छ । व्यक्तिगत रुपमा सोझै अनलाइनमार्फत आवेदन भर्न पाइने भए पनि प्रक्रिया नबुझेकाहरु दलालको सम्पर्कमा पुग्ने र तिनले महँगो शुल्क असुलेर पठाउने गरेका छन् । सिजनल भीसाबाट ११ सयभन्दा बढी नेपाली बेलायत पुगिसकेका

छन् भने कतिपय जाने तयारीमा देखिन्छन् । हालै बेलायतले २०२२ को लागि आवेदन खुलाएको छ । तर अहिलेसम्म कति जना नेपाली सिजनल भीसामा बेलायत पुगे भन्ने आधिकारिक तथ्याङ्क नेपाल सरकारसँग छैन

•बेलायतका लागि विभिन्न चार वटा कम्पनीले विश्वबाट सिजनल कामदार लगिरहेका छन्। जुनसुकै देशबाट अनलाइनमार्फत आवेदन गर्न सकिने ती कम्पनीले जनाएका छन्। सिजनल वर्करको निम्ति एजी रिक्रुटमेण्ट एण्ड म्यानेजमेण्ट, कोन्कोर्डिया लिमिटेड, फ्रुटफुल जब्स र प्रो-फोर्स वेबसाइटमार्फत आवेदन दिन सकिने बताइएको छ

कति लाग्छ खर्च ?

बेलायतमा सिजनल भिसाका लागि आवेदन दस्तुर २५९ पाउण्ड तिर्नुपर्छ। यो भनेको आजको विनिमयदर अनुसार लगभग ४० हजार नेपाली रूपैयाँ हो । यस बाहेक भिसा आइसकेपछि नेपालदेखि

बेलायतसम्मको हवाई भाडा एक लाख २० हजारदेखि एक लाख ७० हजार रुपैयाँसम्म पर्न सक्छ श्रम स्वीकृति लिनुअघि स्वास्थ्य परीक्षण गराउनुपर्छ । यसरी सबै शुल्क गर्दा दुईदेखि दुई लाख ५० हजार रुपैयाँमा सिजनल कामदारबेलायत जान सक्छन् । सिजनल वर्करको आवेदन प्रक्रिया थाहा नहुँदा कतिपय नेपाली युवा युवती दोब्बर वा सोभन्दा बढी रकम तिरेर बेलायत गइरहेका छन् ।

वैदेशिक रोजगार विभागले भने अहिलेसम्म कोही पनि ठगिएको गुनासो नसुनिएको बतायो। गुनासो आएमा कानुनबमोजिम कारवाही हुने उसको दाबी छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले महँगो शुल्क तिरेर जानेबारे विभागमा कसैले उजुरी नगरेको बताए ।

सिजनल वर्करमा बेलायत जानु अवैध:

‘सिजनल भिसालाई कानुनले नचिन्ने भएकाले यसलाई हामीले अवैध मानेका छौं,’ महानिर्देशक पौडेलले भने । सिजनल वर्कर भिसालाईनेपालको कानुनले नसमेटेकाले उनीहरुले सम्भवतः व्यक्तिगत श्रम स्वीकृति लिएर जाने गरेको महानिर्देशक पौडेलको भनाइ छ ।

‘नेपालबाट व्यक्तिगत र संस्थागत रुपमा विदेश जान सकिन्छ तर युवाहरु २३ वर्षका लागि खाडी जानुभन्दा छ महिनाका लागिबेलायत जानु राम्रो कुरा हो । कानुनले यसलाई नचिन्ने भएकाले भोलि कुनै समस्या परेको खण्डमा हामी केही गर्न सक्दैनौं, उनले भने ।

यसरी विदेश जाँदा भविष्यमा कुनै समस्या आइपरेको खण्डमा राहत तथा उद्धारमा समस्या हुने सरकारी अधिकारीहरुको भनाइ छ । दुई वर्षभन्दा कम अवधिको करार भएकालाई विभागले श्रम स्वीकृति नै दिँदैन । यस कारण उनीहरुको सही तथ्याङ्क राज्यसँग हुँदैन ।

११ महिनामा कति नेपाली बेलायत गए ?

नेपाल सरकारले वर्करको रूपमा कति नेपाली बेलायत गए भन्ने तथ्याङ्क नराखेको जनाएको छ। तर, वैदेशिक रोजगार कार्यालयले श्रम स्वीकृति लिएर चालु आर्थिक वर्षमा ११ सय ४७ जना बेलायत गएको जनाएको छ तीमध्ये १५८

जना महिला र ९८९ जना पुरुष छन् । वैदेशिक रोजगार कार्यालयका अनुसार बेलायतका लागि सिजनल वर्कर भिसा खुलेदेखि नै नेपालीहरु फाट्टफुट्ट गएका थिए । तर अहिले बढ्दै गएको विभागको बुझाई छ ।गत भदौमा २५, असोजमा ३० कात्तिकमा ३१, मंसिरमा ७१ पुसमा

३७ जना, माघमा ७०, फागुनमा ६६, चैत १५३ र वैशाखमा ५५९ जना नेपाली सिजनल भिसामार्फत बेलायत गएका छन् । चैतमा ३३ पुरुष र छ महिला गरी ३९ जना नेपाली सिजनल वर्कर भिसामा बेलायत गएका हुन् । वैशाखमा ३१३ पुरुष र ४९ जना महिला गरी ३६२ जना, जेठमा ४१० पुरुष र ७३ जना महिला गरी ४८३ जना सिजनल वर्करको रुपमा बेलायत गएको कार्यालयको तथ्या‌ङ्कले देखाएको छ

कार्यविधि परिवर्तन गर्दै सरकार

रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले सिजनल भिसालाई व्यवस्थित गर्न कार्यविधि परिवर्तन गरी नयाँ बनाउने तयारी भइरहेको बताए ।

सिजनल वर्करको रुपमा विदेश जाने नेपाली कामदारलाई सहज र व्यवस्थित बनाउन कार्यविधि बनाउने तयारी भएको उनले बताए ‘हामीले सबै मन्त्रालयसँग छलफल गरिरहेका छौं। अब कार्यविधि बनाएर यसलाई व्यवस्थित गर्छौं,’ प्रवक्ता घिमिरेले भने ।

कार्यविधि बनेपछि सिजनल वर्करले भोग्दै आएका समस्या समाधान गर्न सहज हुने उनको भनाइ छ । सन् २०२२ मा ४० हजार कामदार अन्यत्रबाट लैजाले बेलायत सरकारको योजना छ । त्यसमध्ये ३० हजार कामदारको भिसा सुनिश्चित भइसकेको बेलायत सरकारले जनाएको छ। त्यसका अतिरिक्त १० हजार कामदारलाई तयारी • अवस्थामा राखेको जनाइएको छ ।

Post Views: 48

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme