काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९४ हजार रुपैयाँ तोकिएको छ।
सोमबार प्रति तोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार २ सयले घटेर प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय १५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको हो। आइतबार चाँदी प्रति तोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।