नुवाकोट । जिल्लाको ककनी गाउँपालिका–१ स्थित ठूलोखोला नजिकैको सिम्टारको खोल्साले दुइ बच्चालाई बगाएको छ ।
ककनी गापा-२ स्थाइ घर भएका शिवराम घिमिरेको आठ वर्षीया छोरी बेबिशा घिमिरे र चार वर्षीय छोरा श्रीयन घिमिरेलाई सिम्टारको खोल्साले बगाएको हो ।
दशैंमा टिका लगाउन ससुराली गएर फर्कने क्रममा सिम्टारको खोल्सामा आएको खहरे भेलले शिवरामले चलाएका मोटरसाइकल अनेन्त्रित भई पल्टिदा बाइकको पछाडिको सिटमा बसेका बेबिशा र श्रीयनलाई बगाएको हो ।
लगातार तीन दिनसम्मको अविरल वर्षाका कारण उर्लेर आएको खहरे खोल्साले उक्त घटना घटाएको हो । स्थानीय र प्रहरी चौकीको सहयोगमा खोजी कार्यलाई तीब्रता दिँदा छोरी बेबिशा घिमिरेलाई हिजो साँझ नै फेला पारेको र उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
बेपत्ता छोरा श्रीयन घिमिरेको खोजतलास गर्दे जादाँ घटना स्थल बाट करिब ३ किलो मिटर टाढा खोलामा मृतावस्थामा फेला परेको सिम्टार प्रहरी चौकीले जनाएको छ । लगातारको वर्षासँगैको खहरे भेलले शिवरामको परिवारको सारा खुशी लुटेको छ ।