सामाजिक सञ्जाल फेसबुक, इन्स्टा, टिकटक अकाउन्ट डिएक्टिभ गरेर हराएकी नायिका पूजा शर्मा आइतबार बेलुकी आयोजना गरिएको फिल्म ‘२ नम्बरी’को विशेष शोमा देखा परेकी छिन ।
फिल्म हेर्न पुगेकी नायिका पूजा शर्माले यसको कथावस्तु, प्रस्तुति र फिल्मले दिएको सन्देश उत्कृष्ट लागेको बताएको हो ।पूजाले, फिल्मले दिएको सन्देश, कलाकारको अभिनय उत्कृष्ट लागेको बताउनु भएको हो ।
यस्तै, कलाकार सन्तोष पन्तले आम नेपालीले यो फिल्म हेर्नुपर्ने बताए छ । शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘हिजो आजका कुरा’का कलाकार समेत रहेका पन्तले भने–‘फिल्मको कथावस्तु आफ्नै माटोको छ ।
निर्देशक शोभित बस्नेतले यसअघि दीपेन्द्र लामाले आफ्ना लागि फिल्म बनाएको तर यसपटक दर्शकका लागि बनाएको तर्क गरे ।दर्शक र फिल्मीकर्मीबाट पाएको प्रतिक्रियाबाट उत्साहित भएका नायक दयाहाङ राइले
सामाजिक सन्देश सहितको फिल्म भएकाले दर्शकको मन छोएको बताउनु भएको छ । नायिका उपासना सिंह ठकुरीले राम्रो कथा भएकाले नै आफूले फिल्म साइन गरेको हो |