Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

फेसबुकमा नेपाली सेलिब्रेटीका फलोअर्स अचानक घटेपछि…

Posted on October 12, 2022

काठमाडौं : गायक हिमाल सागरले बुधबार बिहान फेसुबकमा एउटा स्टाटस लेख्दै फेसुबकका आफ्ना लाखौं फलोअर्स घटेर करिव नौ हजारमा झरेको भन्दै अचम्म मानेका छन् ।

अभिनेता राजेश हमाल, गायक प्रमोद खरेल तथा हास्य अभिनेता जीतु नेपाललाई मेन्सन गर्दै गायक हिमाल सागरले लेखेका छन्– ‘बिहानै अचानक फेसबुकको फलोअर्स हेर्दा छक्क परेँ ।

अचानक लाखबाट घटेर नौ हजारमा ! अनि मेरो मात्र हो कि अरुको पनि भनेर हेर्दा त सबैको त्यस्तै रहेछ । फेसबुकले किन त्यसो गर्यो, अचम्मको विषय भयो ।’

बुधवार बिहान कलाकर्मीसंग कुराकानी गर्दै गायक हिमाल सागरले आश्चर्य व्यक्त गर्दै फेसबुकले अचम्मै गरेको प्रतिक्रिया दिए । ‘मेरोमात्र होइन महानायक राजेश हमाल,

गायक प्रमोद खरेल, हास्य कलाकार जीतु नेपाल, राजनीतिकर्मी रवि लामिछाने लगायत धेरै सेलिब्रेटीका लाखौं फलोअर्सलाई घटेर नौ हजारको हाराहारीमा पुगेको छ, गायक हिमाल सागरले भनेका छन् ।

अभिनेता हमाललाई लाखौंले फलोअर्स गरेकोमा अहिले घटेर ९ हजार ८ सय २३ मा झरेको छ ।दीपकराज गिरीलाई पनि लाखौंले फलो गरेका थिए,

अहिले उनको प्रोफाइलमा फलोअर्सको संख्या ९ हजार ८ सय ४३ छ ।सञ्चारकर्मी तथा नेता रवि लामिछानेका फलोअर्स पनि घटेर ९ हजार ८ सय ५९ देखाएको छ ।

Post Views: 40

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme