Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

— भुवन केसीपछि प्रदीप खड्कामाथि जीया केसी पनि खनिन थालिन्

Posted on October 12, 2022

अभिनेता प्रदीप खड्काले ‘प्रेमगीत ३’को हिन्दी डबलाई चलचित्र विकास बोर्डबाट सहयोग नमिलेको भन्दै अध्यक्ष भुवन केसीको राजीनामा नै मागेका थिए । उनले केसीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउनुका साथै दिमाग नभएको मान्छे समेत भने । यसपछि प्रदीप र भुवनबीच शितयुद्ध नै सुरु भएको छ । यतिबेला भुवन प्रदीपले लगाएका हरेक एक आरोपको जवाफ दिँदै हिँडेका छन् ।

यस्तैमा, भुवनकी अघोषित श्रीमती तथा अभिनेत्री जीया केसी पनि प्रदीपको कटाक्षमा उत्रिएकी छन् । उनले आफ्नो आधिकारिक टिकटक एकाउन्टमा सोमवार एउटा भिडियो पोस्ट गर्दै ‘प्रेमगीत ३’ बाहेक कुन फिल्म चलेको छ भन्दै प्रदीपलाई प्रश्न गरेकी छन् । उनले भनेकी छन्, ‘भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नहुँदा ‘प्रेमगीत ३’ हिरोको सबै फिल्म हिट रैछ ? अचम्म लाग्छ ।’

जीयाले ‘प्रेमगीत’ सिरिजबाहेक प्रदीप खड्काको हिट फिल्मको नाम आफूलाई सुन्न इच्छा लागेको बताएकी छन् । एक अन्तर्वार्तामा भुवन केसीले पनि ‘प्रेमगीत’ सिरिजबाहेक अरु फिल्म नचलेको दोष पनि मेरै हो र भन्दै प्रदीपलाई प्रश्न गरेका छन् । प्रदीपले भुवन केसीलाई बोर्डबाट हटाउन सक्ने चेतावनी समेत दिएका थिए । यसको जवाफमा भुवनले आफूलाई हटाउन चुनौती दिएका छन् ।

‘प्रेमगीत ३’को हिन्दी डबलाई नेपाली फिल्मसरह सुविधा दिने वा नदिने भन्ने विषयमा लामो समय विवाद चर्किएको थियो । हिन्दी डब भएकाले बोर्ड नेपाली फिल्मसरह सुविधा दिने कुराको विपक्षमा थियो भने निर्माण टिम ‘प्रेमगीत ३’ नेपाली फिल्म भएको भन्दै १५ प्रतिशत कर छुटको अडानमा थियो । यही विषयमा प्रदीपले अग्रजको आदर पनि नगरी केसीविरुद्ध आगो ओकलेका थिए ।

Post Views: 27

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme