Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

सन्दीप लामिछाने प्रकरण : भित्र-भित्रै प्रहरीको यस्तो रहेछ तयारी

Posted on September 18, 2022

काठमाडौं । एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछाने प्रकरणमा प्रहरीले भित्रभित्रै काम गरिरहेको खुलेको छ । उनी आफै नेपाल नआएपछि अब प्रहरीले उनलाई नेपाल ल्याउन प्रक्रिया अघि बढाएको बुझिएको हो ।

सामाजिक सञ्जालमार्फत् चाँडै नेपाल फर्किने बताएका लामिछाने अहिलेसम्म नफर्किएपछि उनी नेपाल आउनेमा शंका उत्पन्न हुन थालेको भन्दै नेपाल प्रहरीले लामिछानेलाई चाँडै नेपाल ल्याउने प्रक्रिया अघि बढाएको हो।

प्रहरी उच्च स्रोतले लामिछानेलाई नेपाल ल्याउने प्रक्रियाका लागि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलसँगसमेत समन्वय अघि बढाइएको बताएको छ। नेपाल इन्टरपोलको सदस्य हो ।

साथै नेपाल सुपुर्दर्गी सन्धिको पक्ष राष्ट्र हो । नेपालले आफ्नो देशमा अपराध गर्नेलाई पक्राउ गरेर नेपाल पठाउँन आग्रह गरेको खण्डमा उक्त सन्धि र पक्षमा हस्ताक्षर गरेका कारण नेपाललाई लुकेर बसेका देशका प्रहरीले पक्रिएर दिनुपर्ने हुन्छ ।

प्रहरी स्रोतले भन्यो, ‘नेपाल नफर्किएपछि इन्टरपोलमार्फत प्रक्रिया अघि बढाउन सुरु गरेका छौं। हामीलाई आशा छ इन्टरपोलमार्फत् ल्याउनुभन्दा पनि उहाँ आफैं नेपाल फर्किनुहुन्छ।’

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सेन्ट लुसिया पुगेका बेला लामिछानेमाथि बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको थियो। उनीविरुद्ध जाहेरी दर्ता भएर जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जीसमेत जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेलाई निलम्बन गरेको थियो।

त्यसपछि सन्दीपलाई आबद्ध गरेको जमैका तालवाजलेसमेत उनलाई निकालेको थियो। त्यसपछि चाँडै नेपाल फर्किने भन्दै सामाजिक सञ्जालमार्फत् जानकारी गराएका लामिछाने अहिलेसम्म सम्पर्कविहीन छन्।

सम्पर्कविहीन भएर लुकेपछि प्रहरीले उनलाई इन्टरपोलमार्फत् ल्याउने प्रक्रिया अघि बढाएको हो। यसबारे नेपाल प्रहरीका सहायक प्रवक्ता तथा एसएसपी दानबहादुर कार्कीले भने, ‘यो विषयमा अनुसन्धान अधिकारीलाई मात्र थाह छ। अनुसन्धानका लागि के चाँहिने क–कसको आवश्यक त्यो अनुसार काम भएको होला।’ सन्दीपलाई अध्यागमन विभागलेसमेत कालोसूचीमा राखिसकेको छ।

१७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालमा भदौ २१ गते किटानी जाहेरी दिएकी थिइन्।सन्दीपले ती किशोरीलाई काठमाडौं, भक्तपुर र नगरकोटसमेत पुर्‍याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर बलात्कार गरेको भन्दै पीडित युवतीले प्रहरीसमक्ष बयान दिएकी छन्।

पीडित किशोरीको बयान अनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बलात्कार गरेका हुन्।

सोही राति १२ बजेर २५ मिनेटमा पनि सन्दीपले आफूलाई बलात्कार गरेको ती किशोरीको भनाइ छ। आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँचसमेत गराइएको थियो।

पीडित भनिएकी किशोरी र सन्दीप सामाजिक सञ्जाल ‘स्न्याप च्याट’मार्फत् नजिकिएका थिए। स्न्याप च्याटमार्फत् चिनजान भएर नजिकिएको केही समयपछि सन्दीपले नै ती किशोरीसँग भेट गर्ने प्रस्ताव राखेर उनलाई लिन गाडी लिएर पुगेको बताइएको छ। आफ्नो कारमा राखेर सन्दीपले ती किशोरीलाई भदौ ५ गते ६ बजेतिर काठमाडौंबाट भक्तपुरतिर लगेको बताइएको छ।

त्यसपछि उनीहरु नगरकोटसम्म पुगेको पीडित किशोरीले बताएकी छन्। नगरकोटमा सन्दीपले मदिरा सेवन गरेको र त्यहाँबाट फेरि काठमाडौं फर्किएको किशोरीको भनाइ छ।काठमाडौं आइसक्दा रातिको ११ बजिसकेको र होस्टल बन्द हुने भन्दै एक होटलमा कोठा बुक गरेर उनीहरु बसेका थिए। सोही होटलको कोठा नम्बर ३०५ मा सन्दीपले आफूमाथि बलात्कार गरेको पीडित किशोरीको भनाइ छ।

जाहेरी परेपछि अनुसन्धानमा खटिएको प्रहरीले सन्दीप र पीडित भनिएकी किशोरी होटलमा प्रवेश गरेको र भोलिपल्ट बिहान बाहिरिएकोसम्म देखिएको थियो। यता सन्दीप भने आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्।

Post Views: 74

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme