Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

अभिनेत्री नम्रता श्रेष्ठको “ब्रेकअप” ?

Posted on October 12, 2022

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ यतिबेला पुनः सिंगल बनेकी छन् । पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँगको चार वर्षदेखिको प्रेम सम्बन्ध औपचारिक रुपमै टुंगिएको छ ।

ब्रेकअपको पुष्टि अरु कोही नभएर स्वयं दावाले नै सामाजिक सञ्जालबाट गरेका छन् । उनले नयाँ प्रेमिका रिया श्रेष्ठलाई ‘माइ लाइफ’ भन्दै इन्स्टाग्राममा तस्वीर पोस्ट गरेका छन् ।

नम्रतासँगको रोमान्स टुंगिएपछि नयाँ प्रेमिकासँग दावाको रिलेसनसिप सुरु भएको छ । गत सातासम्म दावा र रिया इटालीको मिलानमा भइरहेको मिलान फेसन विकमा डेट गरिरहेका थिए ।

जहाँसम्म नम्रतासँगको कुरा छ, नम्रता र दावा झण्डै चार वर्ष सम्बन्धमा बसे । यी दुई जना सम्बन्धलाई लिएर गम्भीर पनि थिए । तर कोभिडपछि यी दुईजनाले अलग बाटो रोजे ।

उनीहरुबीच ब्रेकअप भएको हल्ला त थियो, तर पुष्टि भएको थिएन ।यद्यपि, दावाको पछिल्लो इन्स्टाग्राम पोस्टले नम्रतासँगको रोमान्स टुंगिएको पुष्टि गरेको छ । नम्रता पुनः सिंगल बनेकी छन् ।

बक्सिङ अभ्यास गर्दा केही साताअघि नम्रताको हातको औंला भाँच्चिएको थियो र उनी अहिले आराम गरिरहेकी छन् । नम्रता नयाँ फिल्म ‘ग्रहण’को तयारीमा छिन् ।

Post Views: 73

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme