Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

डिभोर्सपछि एक्लै रमाइरहेकी मिलन नेवार भन्छिन् सिंगलमै खुसी छु

Posted on October 12, 2022

चर्चित पाश्र्वगायिका मिलन अमात्य अब मिलन नेवारका रुपमा चिनिन चाहन्छिन् । केही समयअघि पति मेन्सन अमात्यसँग डिभोर्स गरेपछि ‘सिंगल’ रमाउँदै आएकी उनी आफ्नो नामबाट ‘अमात्य’ ‘डिलिट’ गर्न चाहन्छिन् । ‘अब म आफ्नै नाम र पहिचानले चिनिन चाहन्छु’ भारतको आसममा जन्मिएकी मिलन भन्छिन्, ‘मिलन आमात्यभन्दा पहिले नेवारकै रुपमा चिनिएकी हुँ ।’ तर, उनलाई अमात्य डिलिट त्यति सजिलो छैन ।

किनकि, नेपाली सांगीतिक क्षेत्रमा उनी मिलन अमात्यकै रुपमा चर्चित छिन् । एक दर्जनभन्दा बढी भाषामा गीत गाइसेकेकी यी चर्चित गायिका भन्छिन्, ‘म स्वतन्त्रता चाहन्छु । त्यसैले फेरि घरजम गर्नेबारे सोचेकी नै छैन ।’ हाल ‘मिलन यात्रा’ एल्बमको तयारी गरिरहेकी यिनै मिलन नेवारसँग एमपी सुब्बाको जम्काभेट :

पछिल्लो समय के गर्दै हुनुहन्छ ?

गीत रेकर्डिङ र स्टेज कार्यक्रमहरुमै व्यस्त छु । साथै, म्युजिकको अध्ययनलाई पूरा गर्दैछ । अहिले त्यसैमा बढी ब्यस्त छु ।

मोडलिङ पनि आफै गर्नुहुन्छ है ?

आफ्नो गीतको भिडियोमा मात्र हो । अरुको भिडियोमा गरेकी छैन ।

यति व्यस्त हुनुहुन्छ । तर हिजोआज मिडियामा त्यति देखिनुहुन्न नि ?

हो, मैले जोसुकैलाई अन्तर्वाता दिएकी छैन किनकि मिलन अमात्यलाई ओझेलमै पार्न खोज्दैछु । म अब मिलन नेवारका रुपमा चिनिन चाहन्छु । अमात्य हुनुभन्दा अगाडि मिलन नेवारकै रुपमा चनिन्थे ।

तर, नेपाली सांगीतिक क्षेत्रमा मिलन अमात्यकै रुपमा चर्चित हुनुहुन्छ नि ?

हो, यो मेरो लागि रमाइलो र चुनौती पनि हो । तैपनि मिलन अमात्य नै मिलन नेवार हो भन्ने बिस्तारै बुझाउने छु ।

मिलन अमात्यकै रुपमा चिनिँदा केही बाधा छ र ?

त्यस्तो बाधा छैन । तर, कतिपय पतिसँग डिभोर्स गरेर पनि पतिकै थर राख्दै आएको सुनेकी र देखेकी छु । तर, मेरो आफ्नै पहिचान छ । अर्को कुरा उहाँ (मेन्सन)ले विवाह गरेर आफ्नो जीवन अगाडि बढाइसक्नु भएको छ । यो अवस्थामा मैले किन उहाँको थर राख्नु ? साथै थर र जातलाई भन्दा काम र योगदानलाई मुल्यांकन गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

अहिले ‘सिंगल’ हुनुहुन्छ । ‘डलब लाइफ’ र ‘सिंगल लाइफ’मा के फरक पाउनुभयो ?

सांगीतिक करिअर सुरु गर्दा पनि सिंगल नै थिएँ । बिचमा डबल भएकी हुँ । र, अहिले फेरि सिंगल छु । विवाह गरेपछि कतिपय कुरा चाहेर पनि गर्न सक्दिनँ थिएँ किनकि, घरमा जति नै स्वतन्त्र भए पनि एक बुहारी थिएँ । त्यो मैले आफैले पनि मनन गर्नु पर्दथ्यो । अहिले आफ्नै आमा–बुबासँग बसेकी छु । स्वतन्त्र काम गर्न पाएकी छु । र, खुसी पनि छु ।

सधैं सिंगल बसेर त हुन्न होला । अर्को विवाहको बारेमा के सोच्दै हुनुहुन्छ ?

अहिलेसम्म त्यस्तो केही सोचेकी छैन । संगीत र मेरो पढाइलाई पूरा गर्नेक्रममा छु । विवाहपछि पूरा गर्न नसकेको मेरो संगीतको अध्ययनलाई यो वर्ष पूरा गर्दैछु । ललित क्याम्पसबाट संगीतमा ब्याचुलर क्लियर गर्दैछु ।

विवाह गर्नुपर्छ भनेर आमा–बाबुले कर गर्नुहुन्न ?

अहँ गर्नु हुन्न । कतिपय कुरामा म आफैँ निर्णय गर्छु । त्यसैले पनि उहाँहरुले केही भन्नु हुन्न ।

जति मिठो स्वर, उस्तै सुन्दर हुनुहुन्छ । प्रेम र विवाहका लागि प्रस्ताव त धेरै आउँछ होला है ?

मन पराउनेहरु त भइहाल्छ नि । प्रेम र विवाहकै लागि भन्दा पनि स्वर मनप¥यो भन्नेहरु बढी आउँछन् ।

अन्त्यमा, ‘मिलन यात्रा’ श्रोता÷दर्शकको हातमा कहिले आउँछ ?

Post Views: 49

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme