काठमाडौं । सुन्दरी अभिनेत्री रिमा विश्वकर्माले आफू सिंगल रहेको बताएकी छिन् । उनले विवाह गर्छु या गर्दिन अहिले नै भन्न सक्दिन तर म प्रेमका लागि खुल्ला छु भनेकी छिन् ।
उनले आफूलाई विवाहको परम्परा मन पर्ने तर अहिले नै विवाह गर्छु की गर्दिन भन्ने थाहा नभएको बताइन् । तर प्रेममा रहेर पार्टनसिपको सोचाईलाई अझै गहिरो गरी सोच्दैछु उनले भनिन् । यही हुन्छ भन्ने ठाउँमा छैन । प्रेम र विवाह के हो ? भन्ने प्रश्नमा यी दुबै निक्कै फरक रहेको रिमाको बुझाई छ ।
प्रेम कुनै एक व्यक्तिसँग हुन्छ । विवाह चै दुई परिवार वा समाजबीचपनि हुन्छ । विवाह हुनेसँग प्रेम नहुँन सक्छ, प्रेम हुनेसँग विवाह नहुन सक्छ उनले थपिन् । तर मलाई अझै अघि बढाउँने, मेरा इच्छा र चाहानालाई बुझ्ने मान्छे भेटे भने म पार्टनरसिपमा रहन सक्छु ।
पछि विवाहपनि हुन्सक्छ उनले भनिन् । उनले कस्तो श्रीमान वा पार्टनर चाहानुहुन्छ ? भन्ने प्रश्नमा विवाहका लागि कस्तो पुरुष योग्य भन्ने कुरा उमेर र अवस्थासँगै परिवर्तन हुने रहेछ भन्दै अलिक धेरै भूमिका बाँध्न खोजिन् ।
किशोरअवस्था वा सुरुको युवाअवस्थामा चै आफूलाई कुनै अभाव हुन नदिने । अत्यन्तै क्षमतावान व्यक्ति पाए हुन्थ्यो भन्ने लाग्थ्यो । तर अहिले चै उसलाई देखेर आफ्ना गुण खोतल्न मन लागोस्, सपना बुन्न थालियोस्, अघि बढ्न म लागोस् । म राम्रो मान्छेसँग छु भन्ने सोचाई जहिलै आओस् । त्यस्तो मान्छे मेरो श्रीमान हुनसक्छ रिमाले भनिन् ।
रिमा नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री, मोडल तथा पूर्व संचारकर्मी हुन् । उनको जन्म बर्दियाको गुलरियामा भएको हो । उनी ६ वा ७ कक्षामा पढ्दै गर्दा उनले एउटा नेपाली टेलीशृंखला जाँदा जाँदैलाई सन्चालन गरेकी थिइन् ।
रिमाले आफ्नो प्राथमिक शिक्षा हिमालयन विधा मन्दिरबाट प्राप्त गरिन् भने प्रवेशिका परीक्षा चाहिं नभरत्न माध्यमिक बिद्यालय काभ्रेपलाञ्चोक जिल्ला पनौतीबाट गरिन् । उनले मास कम्युनिकेसन विषय पढेकी छिन् । स्वर, भिजा गर्ल, ऋतु, स्केप, सिक्स फिट लाइफ, भाले फाइट, बाटो मुनीको फुल, कोहलपुर एक्सप्रेस जस्ता फिल्महरुमा रिमाले अभिनय गरेकी छिन् ।