Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

६४ बर्ष पुगेपछि पपस्टार म्याडोनाले टिकटक भिडियोबाट आफू ‘गे’ भएको खुलासा गरेपछि विश्व चकित

Posted on October 13, 2022

काठमाडौं । ६४ बर्ष पुगेपछि चर्चित पपस्टार म्याडोनाले टिकटक भिडियोबाट आफू ‘गे’ भएको खुलासा गरेपछि विश्व चकित भएको छ । आइतबार टिकटकमा पोस्ट गरेको भिडियोमा ६४ वर्षीया अमेरिकी पपस्टार म्याडोनाले गुलाबी रङको अन्डरवेयर समातेको देखिन्छ ।

भिडियोको क्याप्सन छ – इफ आई मिस, आइएम गे । (मैले यो गुमाएँ भने म गे हुँ) । त्यसपछि उनले उक्त पेन्टीलाई डस्टबिनमा फ्याँक्छिन् । यो भिडियो संयोगवस पोस्ट गरिएको थिएन । अमेरिकाको राष्ट्रिय कमिङ आउट डेको छेकोमा यो भएको थियो ।

‘८० वर्षको उमेरमा यो के भइरहेको छ ?’ एक टिकटक प्रयोगकर्ता भिडियोमा कमेन्ट गर्छन्, ‘के म्याडोना यथार्थमा आएकी हुन् ? के म वास्तविक समयको साक्षी बनेको हुँ ?’

दशकभन्दा लामो समयदेखिको आफ्नो यौन झुकाव र गे समलिंगीप्रतिको सद्भावले उनलाई एक समलिंगी अधिकारवादी सेलिब्रिटीको छविको रुपमा स्थापित गरेको थियो ।

यी संकेतहरुका बाबजुद स्थापित गायिकाले आफूलाई गेको रुपमा खुलाएकी हुन् । सन् २००३ मा आयोजित एमटीभी म्युजिक भिडियो अवार्ड समारोहमा उनले ब्रिट्नी स्पेयर्स र क्रिस्टिना एगुलिएरालाई चुम्बन गरेकी थिइन् ।

सन् ८० को दशकमा हिट गीतहरु ‘लकी स्टार’, लाइक अ भर्जिन’ र ‘मटेरियल गर्ल’बाट स्टार बनेकी म्याडोनाले त्यसपछि एचआईभी एड्सविरुद्ध अनुसन्धान र जनचेतना जगाउने अभियान पनि थालेकी थिइन् । उनको संगीत र प्रस्तुतिले पनि समलिंगी समुदायप्रति समर्थन गर्दै आएका छन् । सन् १९८९ मा उनले गाएको गीत ‘एक्सप्रेस योरसेल्फ’ गे मानिसबीच निकै चर्चित थियो ।

हामीले उनलाई गे व्यक्तित्वको रुपमा चिनाउनुअघि उनले गे आइकनको रुपमा आफूलाई निर्माण गरेकी थिइन् । सन् १९९१ को एक अन्तर्वार्तामा उनले सबैजसो व्यक्तित्वमा समलैंगिक व्यवहार हुने बताएपछि धेरैले उनी बाइ–सेक्सुअल भएको अनुमान गरेका थिए । आज म गे हुँ भनेपछि सबै चकित बनेका छन् ।

Post Views: 144

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme