चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएदेखिनै अभिनेता भुवन केसी विभिन्न विवादमा छन् ।
केही अगाडि मात्र फिल्म ‘प्रेमगीत ३’ को हिन्दी डबलाई नेपाल प्रदर्शन रोक्न बोर्डले विभिन्न प्रयास गरेको विषयमा अभिनेता प्रदीप खड्का र निर्माता सन्तोष सेनले राजीनामा नै माग गरेका थिए ।
प्रदीप र भुवनको विवादमा अभिनेत्री जीया केसीले समेत प्रदीपलाई फ्लप हिरो भन्दै कटाक्ष गर्दै आएकी छन् । त्यसैले जहाँ भुवन त्यहाँ जीया समेत भन्ने गरिएको छ ।
किनभने भुवन र जीया केसीको सम्बन्ध उनको परिवार र मिडियामा नलुकेको विषय हो । यी दुवै एउटै घरको छतमुनी बस्छन् । तर, उनीहरूको विवाह भने भएको छैन । एक समय बोल्ड दृश्य दिएर चर्चामा छाउने जीया भुवन केसीसँग नजिक भएपछि फिल्म अभिनयबाट टाढा छिन् । तर भुवनको फिल्मी गतिविधिमा देखिँदै आएकी छन् ।
भुवनको घर सम्हाल्दै आएकी जीया अहिले भुवनसँगै बोर्डमा पनि देखिन थालेकी छन् । मंगलवार फिल्म ‘भागवत् गीता’ को नामलाई लिएर हिन्दू जागरण नेपालले बोर्डमा उजुरी पत्र बुझाउँदा भुवनको सरकारी कुर्सीको छेवैमा अर्को कुर्सी राखेर जीया बसेको भेटिएकी थिइन् । भुवनकै लाइनमा मिलेर उनी बसेको देख्दा लाग्छ बोर्डमा दुई अध्यक्ष छन् ।
हुन त भुवन बस्ने कार्यकक्षमा धेरै सोफा छन् । जीया त्यहाँ बसेकी छैनन् । उनी भुवनसँगे बसेकी छन् । भुवन र जीयाको यो क्रियाकलाप बोर्डका कर्मचारीलाई समेत मन परेको छैन । तर अध्यक्षको विरुद्ध उनीहरू केही बोल्न सकिनरहेको नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले बताए ।
ती कर्मचारीले भुवन र जीयाले बोर्डलाई ‘डेटिङ स्पट’ बनाएको आरोप लगाए । उनले भुवन र जीया कार्यकक्षमा सँगसँगे किन ? भने प्रश्न समेत तेर्स्याएका छन् । यस विषयमा भुवनसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
यो खबर रातोपाटीबाट लिएका हाैँ रातोपाटीमा प्रकाशित खबर पढ्न यहाँ क्लिक गर्नुहोस्