Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

किशोरीका बुुवाले बनाएको बसाइसराइ कागजमा अर्कै भेटियो जन्म मिति, कति पुग्यो उमेर ?

Posted on October 13, 2022

क्रिकेटर सन्दीप लामिछानेको घटनामा पछिल्लो समय नयाँ ट्वीस्ट आएको छ । सन्दीप पक्षकै वकिलहरुको अभिव्यक्तिका साथै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुुरबहादुुर चन्दले एउटा टेलिभिजन अन्तर्वार्तामा किशोरीको उमेरमाथि प्रश्न उठाएपछि यो बहस गर्माएको छ । उनले जाहे’रीकर्ता ना’बालिग नभएको प्रमाण फेला परेको बताएका थिए ।

सन्दीपकी कानून व्यवसायी सुधा रिजालले जा’हेरीकर्ताको वास्तविक उमेरलाई लिएर प्रश्न उठाएकी छिन् । जा’हेरीकर्ताका दुईवटा जन्मदर्ता रहेको दाबी उनको दाबी छ ।

स्रोतका अनुसार उनको दुईवटा जन्मदर्ता रहेको असत्य हो । तर, वास्तविक उमेर १८ वर्षभन्दा माथि हुनसक्ने बताइएको छ । जन्मदर्ता र नागरिकतामा उल्लेखित जन्म मितिअनुसार किशोरी ना’बालिग नै छिन् ।

दुवैमा उनको जन्म मिति २०६२-०२-* उल्लेख छ । त्यसका आधारमा उनको उमेर १७ वर्ष ४ महिना भयो । बालिग हुन १८ वर्ष कटेको हुनुपर्छ ।

जाहेरी’कर्ताको जन्मदर्ता र नागरिकता दुवैमा जन्म मिति गडबड गरिएको सन्दीप निकट स्रोत बताउछ । उमेरमाथि प्रश्न उठाउन सकिने एउटा आधार भनेको उनका बुुवाले बनाएको बसाइसराइ कागज अनुसार उमेर १८ वर्ष ४ महिना हुन्छ ।

बसाइसराइको कागजमा उल्लेखित जन्म मिति वास्तविक भएको स्रोतको दाबी छ । उनका बुुवालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘छोरी १८ वर्ष काटिसकेकी छ, उमेर घटाएर नागरिकता लिइएको हो ।’ तर, बुबाले यही कुरा प्रहरीमा भन्छन् भन्न सकिँदैन ।

जन्म मिति तय गर्ने मुख्य आधार बसाइसराइ कागजभन्दा पनि नागरिकता र जन्मदर्ता नै हुन् । त्यसलाई गलत प्रमाणित गर्न सन्दीपका वकिलहरुको ठूूलो चुुनौती देखिन्छ । किशोरीको जन्म मितिले घटनालाई नयाँ मोडतिर लगेको छ । यद्धपी यसबारे अनुुसन्धान जारी नै छ ।

Post Views: 112

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme