Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

अझै २ बर्ष आमा बन्ने योजना छैनः वर्षा राउत

Posted on October 13, 2022

काठमाडौ :- नायिका वर्षा राउत र नायक तथा व्यवसायी संजोग कोइरालाले ४ बर्ष अगाडि बिहे गरे । ६ बर्ष लामो प्रेम सम्बन्धमा रहेर बिहे गरेका यी दुइको वैवाहिक जीवनमा कहिलेकाही खटपट समेत हुने गरेको छ ।

वर्षाले आफूहरुबिच एकपटक निक्कै ठूलो झगडा परेको स्विकार गरेकी छिन् । सो समयमा आफू र संजोगको सम्बन्ध नै खराब मोडमा पुगेको वर्षाको भनाई छ ।

तर, अहिले सबै कुरा राम्रो भएको र आफू खुशी रहेको उनको भनाई छ ।उनै, वर्षाले आमा बन्ने बिषयमा अझै नसोचेको बताइन् । भनिन्–‘मैले संजोगसँग यो बिषयमा कुरा पनि गरेको थिएँ ।

तर, उसले अझै २ बर्ष यो बिषयमा नसोचौं भनेको छ । यसैले, २ बर्षपछि मात्र सोच्नुपर्ला ।’वर्षाले आमा–बाबु बन्ने कुरा सामान्य नभएको पनि तर्क गरिन् ।

भनिन्–‘यो सामान्य बिषय हुँदै होइन । धेरै नै ठूलो जिम्मेवारी बहन गर्नुपर्छ । यसैले, पनि सबै कुरामा तयार भएर हामी यसको बिषयमा योजना बनाउँछौं ।’

वर्षाले अभिनय गरेको फिल्म ‘के घर के डेरा’ कार्तिकको ४ गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा दर्शकले आफूलाई रुचाउने वर्षाको विश्वास छ ।

Post Views: 35

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme