Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

ओखर खानुका यस्ता फाइदा, जाे तपाईं हामीलाई थाहा नहुन सक्छ

Posted on October 13, 2022

ओखर एक यस्तो फल हो, जसमा प्रोटिन, एन्टिओक्सिडेन्ट, भिटामिन, खनिज पर्याप्त मात्रामा पाईन्छ । विशेषगरी ओखरमा ओमेगा फ्याटि एसिड हुन्छ जसले मस्तिष्कको गतिविधिलाई तेज बनाउन मद्दत गर्दछ । तिहारमा ओखर फोरेर दिदी-बहिनीले आफ्ना दाजु-भाइका बाधा फुकाइदिने साँस्कृतिक परम्परा छ । तर, त्यही बाधा फोडिदिने ओखर भने विदेशबाट आयात हुने गरेको छ ।नेपालको भौगोलिक बनावटअनुसार ओखर फल्ने पर्याप्त सम्भावना छ ।

कृषि प्राविधिकहरुका अनुसार खेतीयोग्य जमिनको ५२ प्रतिशत जमिनमा ओखर खेती गर्न सकिन्छ ।तर, यसको व्यावसायीक खेती हुन नसकेका कारण विदेशी ओखरको भर पर्नुपरेको हो । कृषिको आधुनिकिकरण र व्यावसायीकरण नभएका कारण नेपालले वर्षेनी खर्बौं रकम बराबरका कृषि उत्पादन आयात गर्दै आएको छ ।
ओखरका फाईदाहरु :

* मधुमेहका बिरामीहरुका लागि ओखरले धेरै नै फाइदा गर्ने चिकित्सकहरु बताउँछन् । त्यसैले मधुमेहका बिरामीहरुका लागि फाइदाजनक हुन्छ ।

* ओखरमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउन आवश्यक पोषक तत्व प्रदान गर्दछ ।

* एक दिनमा ४ – ५ वटा ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न मद्दत गर्छ ।

* ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्छ ।

* यसको नियमित सेवन गर्नाले मस्तिष्कलाई स्वस्थ बनाईराख्न मद्दत गर्छ ।

* ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचनक्रियालाई मजबुत बनाउँछ । यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्न सक्छ । ओखर खाँदा मृर्गौलामा पत्थरी हुने सम्भावना कम हुन्छ ।

* ओखरमा भिटामिन इ हुन्छ जसले छाला सम्बन्धी समस्याबाट मुक्ति दिलाउँछ । यसले छालालाई सुन्दर र स्वस्थ राख्नमा मद्दत गर्छ ।

* ओखरमा पोलिफेनोलिक कम्पाउन्ड र फाइटोकेमिकल्स पाइन्छ, जसले शरीर दुःख्ने, पोल्ने, जोर्नीमा जलन हुने आदि समस्याबाट राहत दिन्छ ।

* ओखर विभिन्न भिटामिनको राम्रो स्रोत हो । ओखरमा शरीरलाई चाहिने भिटामिन–ई, भिटामिन–बी, भिटामिन–बी ६ जस्ता अत्यावश्यक तत्व पाइन्छ अनिद्राको समस्या भएकाहरूलाई ओखर रामबाण हो ।

* सुत्नुअघि भिजाएको ओखर खानाले मीठो निद्रा लाग्छ अथवा खानासँगै सलादमा ओखर छरेर पनि खान सकिन्छ । ओखरमा पाइने मेलाटोनिन नामक तत्वले निद्रा लगाउने गर्छ ।

Post Views: 54

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme