Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

मलेसियाबाट घर आउने अनुमति त बन्यो तर परिवारसँग सम्पर्क नहुँदा टिकट भएन

Posted on October 14, 2022

धादिङ – वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा पुग्नुभएका धादिङको खनियाबास गाउँपालिका २ झार्लाङका बुद्धिमान तामाङको परिवार पहिचान गर्न समस्या भएको छ ।

प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका अनुसार रोजगारीको सिलसिलामा मलेसियामा समस्यामा पर्नुभएका बुद्धिमानको घर धादिङको खनियाबास गाउँपालिका २ झार्लाङ भन्ने पहिचान भए पनि त्यहाँ रहेका उहाँको परिवार पहिचान गर्न नसक्दा उहाँको स्वदेश फिर्तीमै समस्या भएको छ ।

कागजातविहीन भएर मलेसियामा काम गरेका कारण पक्राउ पर्नुभएका उहाँको मलेसियाबाट नेपाल फिर्तीका लागि त्यहाँ रहेको नेपाली दूतावासले यात्रा अनुमति पत्र पनि बनाइसकेको छ । तर परिवारसँग सम्पर्क नहुँदा टिकटको भने समस्या भएको छ । परिवारको खोजीका लागि दूतावास र पीएनसीसी दुवैले संयुक्त रूपमा पहल भने गरिरहेको जनाएको छ ।

धादिङको नीलकण्ठ नगरपालिकाद्वारा सञ्चालित सुरक्षित आप्रवास कार्यक्रम अन्तरगत आप्रवासी श्रोत केन्द्रले पनि घर परिवार पहिचानको लागि पहल गरिरहेको छ । तर अहिलेसम्म परिवारसँग सम्पर्क हुन सकेको छैन ।

घरपरिवार पहिचान गर्नको लागि गाउँपालिकाका अध्यक्ष लगायत वडा अध्यक्ष र जनप्रतिनिधिहरूसँग समन्वय भइरहेको आप्रवासी श्रोत केन्द्रका सूचना तथा परामर्शदाता विनोद ढकालले जानकारी दिनुभयो । धादिङको उत्तरी विकट क्षेत्रमा भएकाले पनि बुद्धिमानको परिवारलाई सम्पर्क ल्याउनको लागि समस्या भएको हो ।

बुद्धिमान लामो समयदेखि मलेसियामा कागजात विहीन भएर काम गरिरहनुभएको थियो । पछिल्लो समय कागजातविहीन भएर काम गरेकै कारण उहाँलाई मलेसियन प्रहरीले पक्राउ गरेको थियो ।

अहिले मलेसियाबाट घर फर्कांउनका लागि उहाँलाई घर फिर्ती केन्द्रमा राखिएको छ । तर परिवारको सम्पर्क नम्बर नहुँदा परिवारसँग सम्पर्क भएकाे छैन ।

Post Views: 80

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme