Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

किशोरी माइती नेपालमा रहेकोबारे अनुराधा कोइरालाले खोलिन् वास्तविकता

Posted on October 14, 2022

काठमाडौँ- माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले क्रिकेटर सन्दीप लामिछानेवि’रुद्ध जा’हेरी दिने बालिका आफ्नो संस्थामा रहेको बारे मुुख खोलेकी छिन् । लामिछानेविरु’द्ध ब’ला त्कारको आ’रोप लगाएर जा’हेरी दिने बालिका माइती नेपालमा रहेकोबारे उनले स्पष्टीकरण दिएकी हुुन् ।

न्युज २४ टेलिभिजनको कार्यक्रम सिधाकुरा जनतासँगमा कुरा गर्दै माइती नेपालकी संस्थापक कोइरालाले विभिन्न सञ्चारमाध्यममा आएको माइती नेपालको क’ब्जामा पी’डित’ भन्ने आशयको समाचारको खण्डन गरेकी हुुन् ।

उनीले पी’डित भनिएकी बालिकालाई क’ब्जामा नभएर संरक्षणमा राखेको बताइन् । सरकारकै अनुरोधमा आफूले ती बालिकालाई माइती नेपालमा राखेको बताइन् । उनले भनिन्- ‘प्रहरीले संरक्षणमा राखिदिन अनुरोध गरेपछि हामीले राखेका हौँ ।

प्रहरीको पत्रसहित आएको हो । उनलाई हामीले नि’यन्त्रणमा राखेको होइन, संरक्षणमा राखेका हौँ । उनलाई एउटा घर परिवारले दिने माया दिइराखेका छौँ, अरु बालिकाहरूलाई जस्तै ।’

‘माइती नेपालका काउ’न्सिलरले उनलाई बयान नफेर्न निरन्तर काउ’न्सिलिङ र ब्रे’नवास गरिरहेको’प्रति पनि उनीले खण्ड’न गरेकी छन् । उनले भनिन्- ‘जुन कुराहरू आइरहेको छ, ब्रेन’वास गर्यो, काउ’न्सिलिङ गर्यो ।

उसलाई मात्रै होइन जसलाई पनि यु’गान्डादेखि लिएर मालबी, इराक, इरान मनिपुर, श्रीलंका जहाँबाट आएपनि बच्चाहरूलाई एक राउन्ड काउ’न्सिलिङ जस्तो गर्छौँ । त्यसपछि त हामी बोल्दैनौं । बच्चाहरू आफ्नो धुनमा खेल्छन् आफ्नो धुनमा रमाउँछन् । आफ्नो आफ्नो धुनमा बस्छन् । यसलाई ब्रे’नवास भन्ने मिल्दैन । यो त मोटिभेसन हो ।’

केही दिनअघि एक अनलाइन सञ्चार माध्यममा किशोरीलाई माइती नेपालले राखेको खबर आएको थियो । सो खबर जताततै फैलिएपछि सन्दीपका समर्थकहरुले सामाजिक सञ्जालमा आ’लोचना गरिरहेका छन् । खबरमा बताइएअनुुसार बालिकालाई बयान नफेर्नका लागि पनि काउन्सिलिङ गराइदैँछ ।

Post Views: 55

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme