Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

से’क्स भनेको दाल भात जस्तै हो मन मिल्यो भने एकैछिन गरेर मज्जा लिन सकिन्छ – अश्मिता जुरेली

Posted on October 14, 2022

नेपालकी चर्चित रेसलर अस्मिता जुरेलीले भारतमा आयोजित त्रिदेशीय रेस्लिङ प्रतियोगितामा बहादुरीपूर्ण प्रदर्शन गरेकी छन् ।

जितको खुशी र चोटको दुखाइ बोकेर नेपाल फर्किँदा एयरपोर्टमा पत्रकार सँग कुरा गर्दै जुरेलीले से’क्स भनेको दाल भात जस्तै हो मन मिल्यो भने एकैछिन गरेर मज्जा लिन सकिन्छ तर मान्छे फसाउनु पाप भएको बताएकी छन् । ।

उनले भारतीय प्रतिस्पर्धीलाई हराउँदै उपाधि मात्र जितिनन्, आफूलाई आक्रमण गर्ने एक बलवान पुरुषलाई पनि राम्रै पाठ सिकाइन् ।

भारतसहित नेपाल र अमेरिकाका १८ जना महिला रेसलरले त्यसमा भाग लिएका थिए । नेपालबाट जुरेली मात्रै थिइन् ।७ देखि १० हजार क्षमताको स्टेडियममा खचाखच दर्शकबीच नेपालकी जुरेली र भारतकी द किरा बीच अन्तिम प्रतिस्पर्धा भएको थियो । त्यसमा जुरेलीले द किरालाई हराउँदै उपाधि जितेकी हुन् ।

उनले बेल्टसँगै नगद १ लाख भारु पनि प्राप्त गरेकी छन् । जितपछि उनले नेपालको राष्ट्रिय झण्डा ओढेर ‘सेलिब्रेसन’ गरेकी थिइन् ।

पहिरो पन्छाउन स्थानीय सरकार र सुरक्षा निकायको सक्रियता
कर्णाली, २८ असोज (रासस)ः
गत असोज १९ गतेदेखि अविरलरूपमा परेको वर्षापछिको बाढी र पहिराले कर्णाली राजमार्गको जुम्ला–कालिकोट खण्ड एक हप्तादेखि पूर्णरूपमा बन्द छ । राजमार्ग अवरुद्धका कारण आवागमन पनि ठप्प भएको छ ।

राजमार्गको अवरोध हटाएर आवागमन सहज बनाउन आज जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरी नेतृत्वको टोली र स्थानीय सरकारका प्रमुखहरूसहित जुटेका छन् । नेपाली सेना नन्दा बक्स गण जुम्लाका गणपति रविन थापाले जुम्लाको तिला गाउँपालिका रारालिहीमा तीन किलोमिटर खण्डमा गएको पहिरो पन्छाउन सुरु गरिएको बताउनुभयो ।

क्षतिग्रस्तस्थल पुगेर सडक डिभिजन कार्यालयले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको निगरानीमा राजमार्ग खुलाउने काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी केसरीले जानकारी दिनुभयो । राजमार्ग खुलाउन प्रजिअ केसरी, गणपति थापा, सशस्त्र प्रहरी ३३ नं गणका प्रहरी उपरीक्षक चित्राङ्गत दाहाल, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्र चन्द स्थलगतरुपमा आफैँ खट्नुभएको छ ।

अवरोध हटाउनका लागि प्रयोग गरिएका ‘स्काभेटर’ सहित प्रहरीसमेत खटाइएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली राजमार्गको जुम्ला खण्डको रारालिहीमा तीनवटा ‘स्काभेटर’ ले लगातार काम गरिरहेका छन् । यसका साथै ‘ब्रेकर’ले समेत काम गरे पनि ठूलो ढुङ्गाहरू खसेकाले ‘ब्लाष्टिङ’ गर्नुपर्ने अवस्था भएको छ ।

गणपति थापाले भन्नुभयो, “ब्लाष्टिङ गर्नका लागि माथिल्लो निकायसँग अनुमति मागिसकिएकाले काम छिट्टै सुरु गर्दैछौँ । यो काम अझै दुई–तीन दिन लाग्ने देखिएको छ ।”

जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार नाग्म–गमगढी राजमार्गको भूगोलपाटा, बाँजागाड, बड्की, देवारगाउँ, आचार्य लिही सडकखण्डमा पहिरो जाँदा आठ–दश स्थानमा सड्क अवरुद्ध भएको छ । हिमा गाउँपालिकामा पर्ने त्यस क्षेत्रमा स्थानीय तहको सक्रियतामा सडक सञ्चालनका लागि काम सुरु गरिएको छ ।

नाग्म–गमगढी राजमार्ग खुलाउन जुटे स्थानीय सरकार

नाग्म–गमगढी राजमार्ग खुलाउन स्थानीय सरकारका प्रमुखहरू जुटेका छन् । सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सिञ्जामा सडक सञ्चालन गर्न ‘स्काभेटर’ले काम भइरहेको जानकारी दिनुभयो । हिमा क्षेत्रमा बाढीपहिरो गएकाले त्यस क्षेत्रमा चाँडै पहिरो पन्छाए सिञ्जा गाउँपालिकाको अवरोध हटाउन सहज हुने उहाँले बताउनुभयो ।

कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यका अनुसार कनकासुन्दरी क्षेत्रको राजमार्गमा स्थानीय तहले ‘स्काभेटर’ लगाएर पहिरो पन्छाउने काम भइरहेको छ । उहाँले जुम्लामा सबैभन्दा बढी मानवीय क्षति कनकासुन्दरीमा भएको छ । उक्त गाउँपालिकामा पहिरो र बाढीबाट नौ जनाले ज्यान गुमाएका छन् । सो गाउँपालिकामा सात घर पूर्णरूपले क्षति भएको उहाँले जानकारी दिनुभयो ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार हिमा गाउँपालिकामा क्षेत्रमा पहिरो पञ्छाउने काम भइरहेको छ । केही स्थानमा बाटोको निसाना नै नभएकाले नयाँ बाटो खोल्नुपरेको उहाँले बताउनुभयो । अध्यक्ष शाहीले ‘स्काभेटर’मा तत्काल इन्धन सकिएकाले काम अगाडि बढाउन अवरुद्व भएको बताउनुभयो ।

नेपाली सेना २४ नं बाहिनीका अनुसार कर्णाली राजमार्गको कालिकोट खण्डको नाग्गगाड, सेरावाडा, राँचुली, सेरीघाटमा पहिरो खसेको छ । सो क्षेत्रमा काम गर्न सेना सक्रिय भएको छ । नाग्म–गमगढी राजमार्गको मुगु खण्डको दर्जन स्थानमा पहिरो जाँदा पनि त्यहाँको आवागमन बन्द भएको छ । सात घुम्ती, पिना, टोप्ला, झ्यारी ताल्चा, तुमा, गमगढीमा गएको पहिरो हटाउने पहल भइरहेको नेपालीले सेनाले जनाएको छ ।

Post Views: 78

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme