काठमाडौं महानगरपालिकाले ठेलागाडा खोसेकी शर्मिला तामाङलाई चर्चित सामाजिक अभियन्ता आशिका तामाङले २० हजार नगद सहयोग गरेकी छन ।
बिहीबार थापाथलीस्थित प्रसुति गृहको गेटमा पानीपुरी बेच्दै आएकी शर्मिला तामाङको ठेला काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खोसेर लगेको थियो । सामाजिक सञ्जालमा उनले ठेला जोगाउन गरेको अनुनयलाई महानगर प्रहरीले बेवास्ता गरेको भिडियो भाइरल भइरहेको छ ।
महानगरपालिकाले पछिल्लो समय फुटपाथ र ठेलामा व्यापार गर्नेहरुलाई धरपकड बढाएको छ । नगर प्रहरीले ठेला खोसेर लैजाने क्रममा तामाङको विलौना देखेर शर्मिलालाई सहयोग घोषणा गर्नेहरु थपिँदै गएका छन् ।यसै क्रममा आशिका तामाङले आफूले २० हजार सहयोग गरेको आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छिन ।
यो पनि /अभिनेत्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले एकपटक सेवा गर्ने मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधी बनेर देखाउने बताएकी छन् ।
मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाकी उम्मेदवार बनेकी रेखाले शुक्रबार पथरीशनिश्चरेमा मतदातासँगको भेटमा यस्तो बताएकी हुन् ।रेखाले आफू आश्वसन र झुटको राजनीति गर्न कहिल्यै नजान्ने र बोलेका कुराहरू पुरा गर्ने बताइन् । यसअघि जितेका जनप्रतिनिधिले उक्त क्षेत्रको विकासको लागि सिन्को पनि नभाँचेकोले गलत परम्परा तोड्नको लागि आफू चुनावी मैदानमा खडा भएको उनले बताइन् ।
उनले आफू कुराभन्दा पनि काममा विश्वास गर्ने व्यक्ति भएकोले जनताले जिताएर पठाए सो क्षेत्रको मुहार फेर्ने विश्वास दिलाइन् ।थापाले आफ्नो निर्वाचन क्षेत्रको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सुकुम्बासी समस्यालगायतका क्षेत्रमा थुप्रै काम गर्ने बताइन् ।
‘म आट लिएर यो क्षेत्र बनाउने महान अभियानमा जुटेको छु,मलाई एकपटक सेवा गर्न दिनुहोस्, सिर्फ पाँच वर्षका लागि,’ उनले भनिन्, ‘म यो ठाउँकी छोरी हुँ । धेरै बोल्न र नेताहरूजस्तो अभिनय गर्न जान्दिनँ । मलाई नेताहरूको जस्तो भाषण गर्न आउँदैन। कलाकारको तुलनामा नेताहरू बोल्न र अभियन गर्न सिपालु हुन्छन् ।’
उनले आफूलाई जिताए जनप्रतिनिधि भनेको रेखा जस्तै हुनुपर्छ भन्ने गौरव गर्न लायक बन्ने प्रतिवद्धता व्यक्त गरिन् । ‘यो क्षेत्रबाट हामीले धेरैलाई जनप्रतिनिधि बनाइसक्यौं तर उल्लेखनीय रूपमा सुधार हुन सकेन,’ उनले भनिन्, ‘यसैले पनि उम्मेदवारका रूपमा यहाँ आएकी हुँ ।’