Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

जय नारीको दावी : घटना हेर्दा सन्दीपले करणी गरेकै देखिन्छ, कानूनले छोडे अनसन बस्छु

Posted on October 15, 2022

काठमाडौं । आफूलाई जय नारी भनेर चिनाउँने सावित्रा सुबेदी बेला–बेला चर्चामा आउने गर्छिन् । अहिले फेरि क्रिेकटर सन्दीप लामिछाने प्रकरणमा उनले सबैको गाली पाउनेगरी अभिव्यक्ति दिएकी छिन् ।

नाबालिक करणीको अभियोगमा अहिले सन्दीप प्रहरी हिरासतमा छन् । उनीमाथी प्रहरीले अनुशन्धान गरिरहेको छ । तर यही बेला जय नारीले उनले करणी गरेको ठोकुवा गरेकी छिन् ।

यदि बाह्य दवावका आधारमा न्यायाधीशले उनलाई सफाई दिने फैसला गरे आफू अनसन बस्ने घोषणा समेत गरेकी छिन् ।

अहिले पीडित भनिएकी किशोरीलाई बाहिर निस्किन दिइएको छैन । बाहिरबाट आउनेहरुले पनि उनीसँग भेट्न पाउँदैनन् । उनलाई कलेज जान पनि अनुमति नदिइएको स्रोतले बतायो ।

माइती नेपालभित्रै शिक्षकको प्रवन्ध गरेर पठनपाठन गराइएको स्रोतको दाबी छ ।

जुनेलीले माइती नेपालको कथित संरक्षणबाट बाहिर निस्किन चाहेकी छन् । तर, उनले बाहिर निस्केपछि बयान फेर्ने चिन्ताले गर्दा अनुराधा कोइरालाको नेतृत्वमा रहेको माइती नेपालले त्यो अनुमति नदिएको स्रोतले बतायो ।

साथै माइती नेपालका काउन्सिलरले उनलाई बयान नफेर्न निरन्तर काउन्सिलिङ र ब्रेनवास गरिरहेका छन् ।

उनलाई आफ्नै बाबुलाई भेट्न र कुराकानी गर्न समेत प्रहरी अगाडि राखेर मात्र दिइएको छ । प्रहरी एकसाथ बसेपछि मात्र बाबुलाई आफ्नी छोरी भेट्न दिइएको थियो ।

यो कुराको पुष्टि स्वयं माइती नेपालकी अध्यक्ष कोइरालाले खुलाएकी छिन् ।

के पल शाह प्रकरणमा जस्तै यसमा पनि अन्तत्वगत्वा जाहेरीकर्ताले बयान फेर्लिन् त ? स्रोतले त्यो सम्भावना नकार्न चाहेन ।

‘यदि माइती नेपालको कब्जाबाट फुत्किइन् भने बयान फेर्न सक्ने सम्भावना बलियो छ’, स्रोतले भन्यो । त्यसैले उनलाई कब्जामा राखिएको अनुमान गरिन्छ ।

Post Views: 33

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme