Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

केकीलाई अभिनेत्री ऋचा शर्माको सुझाव, निकै सोचेर मात्र बच्चा जन्माउनु

Posted on October 15, 2022

अभिनेत्री ऋचा शर्माले अभिनेत्री केकी अधिकारीलाई निकै सोचेर मात्र बच्चा जन्माउन सुझाव दिएकी छन् । उनले निकै बिचार गरेर सबै कुरोमा तयार भएपछि मात्र बच्चा जन्माउन सुझाएकी हुन् । ‘केकीले विवाहमा बोलाइन्, त्यो उनको ब्यक्तिगत विचार हो । त्यसमा मलाई दुःख छैन । हाम्रो मित्रतामा पनि केही कमी भएको छैन’ ऋचाले केकीलाई भनिन्–‘बच्चा भन्ने कुरो कुनै सोचेर, विचार गरेर, मेन्टल तथा फिजिकल लगायत सबै कुरोमा तयार भएपछि जन्माउने हो । त्यही निर्णय गर्नु ।’

बुधबार आयोजित ‘हिजो आजका कुरा’ को प्रिमियर ऋचाले केकीको अभिनयको प्रशंसा समेत गरिन् । ‘केकीको दिन प्रतिदिन प्रगति देखिरहेको छु । यो प्रगति अझै देख्न चाहान्छु’ उनले थपिन् । फिल्म ‘हिजो आजको कुरा’ को कलाकार समेत रहेकी ऋचाले फिल्म समेत राम्रो भएको बताइन् ।

‘दर्शकले पहिले सानो पर्दामा निकै मन पराएको ‘हिजो आजको कुरा’ ठुलो पर्दामा आएको छ’ ऋचाले थपिन्– ‘फिल्म राम्रो बनेकोले सानोपर्दा झै ठुलो पर्दामा पनि रुचाउनुहुन्छ भने आस लिएको छु ।’ अभिनेत्री केकी अधिकारीले पनि फिल्म आफुले सोचेभन्दा राम्रो बनेको बताइन् । ‘‘हिजो आजको कुरो’ एउटा फिल्मभन्दा पनि ब्राण्ड हो’ केकीले भनिन्– ‘यो ब्रान्डसँग सानै भूमिका भएपनि जोडिने रहर थियो । यो पुरा भयो ।’ फिल्म आफुलाई मन परेको बताएकी केकीले दर्शकले पनि फिल्म रुचाउने अपेक्षा गरिन् ।

वान सिनेमा आइप्लेक्स नयाँ बानेस्वरमा आयोजित प्रिमियरमा दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरे, केकी अधिकारी, रीस्ता बस्नेत, शोभित बस्नेत लगायतका कलाकारको सहभागिता रहेको थियो ।

अभिनेता सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशन रहेको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जयनन्दन लामा, रमेश अधिकारी, जेविका कार्की, विनायक कुईंकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, लक्ष्मी भुषाल, सविन शाक्य, मन्जु श्रेष्ठ, कमला रेग्मीलगायत कलाकारको अभिनय छ । फिल्म शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको हो ।

Post Views: 24

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme