Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

बक्स अफिसमा चम्कियो २ नम्बरी, कति कमायो ?

Posted on October 15, 2022

नेपाली बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिइरहेको फिल्म ‘२ नम्बरी’को एक साताको बक्स अफिस कलेक्शन सार्वजनिक भएको छ । यो फिल्मले रिलिजको ८ दिनमा बक्स अफिसमा ४ करोड ४५ लाख ग्रस कलेक्शन गरेको निर्माणपक्षले सार्वजनिक गरेको आँकडामा उल्लेख छ ।

जस अन्र्तगत, यो फिल्मको टिमले हरेक शहरको कलेक्शन समेत सार्वजनिक गरेको छ । जसअन्र्तगत, यो फिल्मले काठमाडौंमा २ करोड २० लाख ग्रस कलेक्शन गरेको छ । फिल्मले चितवनमा ५० लाख, पोखरामा ३० लाख, बुटवलमा २३ लाख, इटहरीमा २२ लाख, नेपालगञ्जमा १५ लाख, दमकमा १५ लाख, बिर्तामोडमा १४ लाख, विराटनगरमा १२ लाख, हेटौडामा १० लाख, धनगढीमा १० लाख, धरानमा ५ लाख, सुर्खेतमा ४ लाखको ग्रस कलेक्शन गरेको छ । यस्तै, अन्य विभिन्न हलबाट फिल्मले १५ लाख ग्रस कलेक्शन गरेको बताइएको छ ।

निर्माता किरण नेपालीले फिल्मबाट मुनाफा प्राप्त भैसकेको बताएका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्दि तामाङ लगायतका कलाकारको अभिनय छ । फिल्मको कथावस्तुलाई दर्शकले रुचाएका छन् ।

Post Views: 59

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme