Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

को हुन् सोनम तोप्देन ? के उनी नेपाली फिल्मका नयाँ स्टार हुनसक्छन् !

Posted on October 15, 2022

फिल्म ‘सम्हालिन्छ कहिले मन’ को प्रतिक्रिया औसत भए पनि यही फिल्मबाट अभिनयमा डेब्यु गरेका सोनम तोप्देनले दर्शकको ध्यान तान्न सफल देखिए।नयाँ कलाकार भए पनि उनले खारिएका भनिएका कलाकारलाई अभिनयमा फिक्का बनाइदिएका छन्।

फिल्ममा सोनमको अभिनयका अगाडि आकाश श्रेष्ठ निकै कमजोर देखिएका छन् । अभिनयका हिसाबले उनले नै फिल्म बोकेको देखिन्छ।फिल्म हेर्न हलमा पुगेकी गायिका आनी छोइङ डोल्माले त सोनमलाई नेपाली फिल्म क्षेत्रको अबको ‘सितारा’ भनेर प्रशंसा गरेकी थिइन्।

आफ्नो छोरा अनमोल केसीका उमेर समूहका कलाकारको प्रशंसा गर्न हच्किने चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्देशक भुवन केसीले समेत उनलाई नेपाली फिल्मले नयाँ स्टार भनेर प्रशंसा गरेपछि उनको अभिनयमा पक्कै दम त छ नै।

उनी भारतीय मूलका तिब्बतीय गायक हुन्। उनी कभर गीतहरू गाएर चर्चामा आएका थिए। उनले यही फिल्ममा गीत पनि गाएका छन्। उनको स्वरले पनि निकै प्रशंसा पाइरहेको छ ।

Post Views: 58

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme