Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

यीनै हुन् सबैको मनमा बसेकी सिभिल अस्पतालकी २७ वर्षीय डाक्टर सुस्मिता पाठक जो आफ्नै कोठमा मृ’त भेटिएकी थिइन्!

Posted on October 16, 2022

काठमाडौं । एक डाक्टर आफ्नै कोठामा मृत भेटिएकी छन् । सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक इमाडोलस्थित आफ्नै कोठामा मृत भेटिएकी हुन् । जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी मनोजकुमार लामाले यसको पुष्टि गर्नुभएको थियो ।

उहाँका अनुसार मंगलबार दिउँसो २ बजे उनी मृत फेला परेकी हुन् । मृतक डाक्टर जलेश्वर नगरपालिका–९ महोत्तरी स्थायी घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोलमा बस्दै आएकी थिइन् ।

उनी इमाडोलस्थित कृष्ण सुवेदीको घरमा भाडामा बस्थिन् । २७ वर्षीया डाक्टर पाठक आफू बस्ने गरेको कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा मृत फेला परेकी हुन् । दिउँसो २ बजेसम्म पनि डाक्टर पाठक बस्ने कोठा नखुलेपछि घरबेटीले प्रहरीलाई जानकारी गराएका हुन् ।

त्यसपछि सातदोबाटो र इमाडोलबाट प्रहरी टोली गई स्थानीय जनप्रतिनिधि र डाक्टर पाठकको आफन्तको रोहवरमा बन्द कोठा फोडेको थियो । शव कोठाको भुइँमा थियो । खाटमा औषधि भएको सिरिन्ज, उपचारको क्रममा प्रयोग हुने औषधिका खाली बट्टाहरु, दायाँ हातको हत्केलामा खाली सिरिन्ज र बायाँ हातमा क्यानोन लगाएको अवस्थामा मृत शरीर फेला परेको छ ।

अविवाहित डाक्टर पाठक केही महिनाअघिबाट सुवेदीको घरमा बस्न थालेकी थिइन् । घटनाबारे प्रहरीले आवश्यक थप अनुसन्धान थालेको छ ।मृदुभाषी बिरामीलाईपनि राम्रोसँगले बोलाउने, राम्रो व्यवहार गर्ने भएकाले उनी सबैको मनमा बस्न थालेकी थिइन् । मृत्युको कारण भने अझै खुलेको छैन।

Post Views: 57

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme