Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

सन्दीपका लागि थपियो नयाँ ठूलो खुसीको खबर

Posted on October 16, 2022

काठमाडौं।

नेपाली क्रिकेटमा सन्दीप लामिछानेको भूमिका महत्वपूर्ण रहेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले ब’ला’त्का’र आरोप लागेपछि लामिछानेलाई नि’लम्’बन गरेको थियो। २०७८ मंसिर २९ गते बसेको क्यानको बैठकले सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको थियो।

क्यानले ज्ञानेन्द्र मल्लको ठाउँमा सन्दीपलाई कप्तान बनाएको थियो। अनुशासन विपरीत काम गरेको भन्दै क्यानले तत्कालीन कप्तान मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीबाट हटाएको थियो। सन्दीपको कप्तानीमा नेपालले १८ वटा टी–२० अन्तर्राष्ट्रिय म्याच खेलेको थियो।

जसमा नेपालले १३ जित र ५ म्याचमा हार ब्यहोरेको थियो। एकदिवसीय क्रिकेटमा भने सन्दीपको कप्तानको रेकर्ड खराब छ। उनले १४ खेलमा कप्तानी गर्दा मात्र ४ म्याच मात्रै नेपालले जितेको छ। ९ म्याच हार्दा १ खेल बराबरी खेलेको छ। सानै उमेरमा सन्दीपले आफूलाई मात्रै होइन, नेपाली क्रिकेटलाई नै विश्वभर चिनाएका छन्।

उनले विश्वका चर्चित टी–२० लिगमार्फत् नेपाललाई विश्व क्रिकेटसामु चिनाएका हुन्। विश्वभर चम्किरहेका सन्दीपमाथि एक बज्रपात आइपरेको छ। जस सिंगो नेपाली क्रिकेट नै हल्लिएको छ। सन्दीप नेपाली टिमका एक मुख्य खेलाडी हुन्। उनी नेपाल सर्वाधिक विकेटकर्तासमेत हुन्। नेपाललाई अप्ठ्यारो परेको बेला सन्दीपले विकेट लिँदै खेलमा फर्काएका धेरै उदाहरण छन्। प्रहरी हि’रा’स’तमा रहेका सन्दीपको अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक चचा पनि भइरहेको छ।

यसैक्रममा अष्ट्रेलियाको चर्चित खेलकुदसम्बन्धी अनलाइन जिरो विकेटले सन्दीपको चर्चा गरेको छ। यसका साथै जिरो विकेटले बिग बास लिग (बीबीएल) टिम मेलबर्न स्टार्सको स्टार्स अलटाइम उत्कृष्ट प्लेइङ–११ म सन्दीपलाई समावेश गरेको छ। उसले स्पिनरका रूपमा सन्दीपलाई टिममा राखेको हो।

‘स्टार्सका लागि खेल्न सफल अन्तर्राष्ट्रिय खेलाडी सन्दीप लामिछानेले मेलबर्नमा आफ्नो छोटो बसाइँमा ठूलो प्रभाव पारे,’ जिरो विकेटले लेखेको छ, ‘लामिछाने सन् २०१८–२०२० सम्म मात्र मेलबर्नमा बसे। र, उनले २०.३८ को औसतमा २६ विकेट लिए।’

जिरो विकेटले ग्लेन म्याक्सवेलको कप्तानीमा मेलबर्न स्टार्सको अलटाइम उत्कृष्ट प्लेइङ–११ च्यन गरेको हो। जसको उपकप्तान डेभिड हसीलाई बनाइएको छ। लासिथ मालिंगा, लुक राइट, केभिन पिटरसन, मार्कस स्टोइनिसजस्तो चर्चित खेलाडीलाई जिरो विकेटले टिममा मौका दिइएको छ।

गत भदौमा भएको (बीबीएल) को ड्राफ्टमा सन्दीप अनसोल्ड भएका थिए। चार चरणमा भएको ड्राफ्टमार्फत २४ विदेशी खेलाडी विभिन्न टिममा आवद्ध हुँदा सन्दीप भने बिकेका थिएनन्। बीबीएलको ड्राफ्टमा नेपालका कप्तान सन्दीपसँगै राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य सुवास खकुरेल रहेका थिए। पहिलो पटक ड्राफ्टमा परेका सुवास समेत अनसोल्ड भएका थिए ।

सन्दीपले पछिल्ला चार संस्करणको बीबीएल खेलेका थिए। उनले ४३ बीबीएल खेलमा ४८ विकेट लिएका छन्। दुई संस्करण मेलवर्न स्टारमा बिताएका सन्दीप दुई संस्करण होबार्ट हरिकेन्समा आवद्ध रहेका थिए। उनले पछिल्लो संस्करण होबार्टमा बिताएका थिए। बीबीएलको आगामी सिजन डिसेम्बरबाट फेब्रुअरीसम्म आयोजना हुनेछ। प्रतियोगिता सुरु हुनभन्दा अगाडि जिरो विकेटले मेलबर्नको सर्वकालीन उत्कृष्ट प्लेइङ–११ घोषणा गरेको हो।

जिरो विकेटले छानेको मेलबर्न स्टार्स अलटाइम उत्कृष्ट प्लेइङ–११ : मार्कस स्टोइनिस, लुक राइट, केभिन पिटरसन, डेभिड हसी (उपकप्तान), ग्लेन म्याक्सवेल –कप्तान), पिटर ह्यान्ड्सकम्ब (विकेटकिपर), जेम्स फकनर, जोन हेस्टिंग्स, एडम जाम्पा, सन्दीप लामिछाने र लासिथ मालिंगा।

Post Views: 51

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme