Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

अष्ट्रेलियामा रातारात करोड कमाउने प्रलोभनमा पर्दा एक नेपालीले गुमाए ५३ लाख….

Posted on October 16, 2022

अष्ट्रेलिया । तपाई रातारात धनि बन्ने लोभमा भौतारिदै हुनुहुन्छ, होसियार अष्ट्रेलियाको मेलबर्नमा एक नेपाली युवाले एक महिनामै ६२ हजार अष्ट्रेलियन डलर अर्थात नेपाली ५३ लाख रुपैयाँ गुमाएका छन् ।

ह्वाट्स एपमा एउटी राम्री युवतीको प्रोफाइलबाट आएको म्यासेज र सोही म्यासेजमार्फत क्रिप्टोमा लगानी गरेर टन्न कमाउन सकिने प्रलोभनको पछि लाग्दा सेफका रुपमा कार्यरत नेपाली युवा ठगिएका हुन ।

सेप्टेम्बर ५ मा तपाई भान्छे हो, तपाईले पकाएको परिकारको स्वाद मन पर्छ भन्दै भन्दै गरिएको च्याटपछि एक महिनामै यति ठूलो रकम गुमाउनुपरेको छ ।

बीट क्वाइन र क्रिप्टोमार्फत आफूले धेरै कमाएको भन्दै नक्कली प्लेटफर्ममा बाइनान्स एकाउण्ट खोल्न लगाएकी महिलाले पठाएको प्लेटफर्ममा ७ पटक रकम ट्रान्सफर गरेका पीडित युवा अहिले न्यायका लागि अष्ट्रेलियाको सरकारी निकाय र स्क्याम वाचमा पुग्नुभएको छ ।

अहिले फेक प्लेटफर्मको खातामा आम्दानीका रुपमा बढेको भन्दै ३ लाख ४३ हजार अमेरिकी डलर देखाइएको छ । तर यहाँ भएको रकम निकाल्न मिल्दैन । यसपछि युवाले स्क्यामरको फन्दामा परेर ठगिएको थाहा पाएका छन् ।

अष्ट्रेलियास्थित स्क्यामवाचको रेकर्डले नै यहाँ स्क्यामरहरुको ठगी बढेको देखाएको छ । के अष्ट्रेलियाली के नेपाली यस्ता ठगिमा करोडौँ परेका छन् ।

लगानी गर्ने वा साझेदार बन्ने नाममा नै एक वर्षमा १७७ मिलियन, अनलाइन किनमेलका नाममा ८ मिलियन ठगी भएको स्क्याम वाचको रेकर्डले देखाएको छ । यस्तो ठगि अझ बढ्दो क्रममा रहेको छ ।

रातारात टन्न कमाइन्छ भन्ने प्रलोभनमा पर्दा अष्ट्रेलिया, अमेरिका लगायतका विदेशी भूमिमा रहेका नेपाली मात्रै नभएर तपाई हामी समेत स्क्यामरको फन्दामा पर्न सक्छौँ, त्यसैले लगानी वा अन्य कुनै भ्रममा पर्नुअघि सोचौँ र सचेत बनौँ । – स्रोत : Nepal Tube Australia https://www.nepaltube.com.au/news/12901/

Post Views: 15

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme