Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

अन्ततः सन्दीप लामिछानेले सँगै बसेको स्वीकारे

Posted on October 16, 2022

काठमाडौं । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध प्रहरी अनुसन्धान जारी छ । उनीविरुद्ध पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

काठमाडौंस्थित प्रहरी वृत्त गौशालाले उनीविरुद्धको अनुसन्धान अगाडि बढाएको छ । गौशालाकै हिरासत कक्षमा अन्य थुनुवासँगै सन्दीपलाई पनि राखिएको छ ।

गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो । सन्दीपले भदौ ५ गते होटेल काठमाडौं इनमा लगेर एक नाबालिगमाथि पटक–पटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

भदौ ५ गते राति सन्दीप पीडित किशोरीसँग सो होटेलमा प्रवेश गरेको र भोलिपल्ट बिहान बाहिरिएको सीसीटीभी फुजेट प्रहरीले फेला पारेको छ । राति ११ बजे प्रवेश गरेर बिहान ६ः५५ मा होटलबाट किशोरीसँगै सन्दीप बाहिरिएको देखिन्छ ।

सन्दीपले आफु निर्दोष रहेको दाबी गर्दै आएका छन् । पीडित किशोरीलाई माइती नेपालको संरक्षणमा राखिएको छ । उनलाई परिवारका सदस्यलाई पनि प्रहरीको उपस्थितिमा मात्रै भेट्न दिइएको बताइएको छ ।

सन्दीपले प्रहरीसँगको साबिती बयान उद्धृत गर्दै प्रहरी अधिकारीहरु भन्छन्,“म माथि आरोप लगाउनेसँग होटलमा गएको सँगै बसेको सत्य हो । तर बलात्कार गरेको आरोप झुटो हो । राति बसेर बिहान निस्किएका हौं ।”

यसबाहेक सन्दीपले क्रिकेटमै संलग्न व्यक्तिहरुले पनि आफुविरुद्धको योजना बनाएको दाबी गर्दै आएका छन् । उनले आफुमाथि आरोप लगाउनेकै आग्रहमा होटलमा बसेको बताएको पनि एक अधिकारीले दाबी गरे ।

जाहेरी परेको समयमा सन्दीप जमैकामा थिए । उनले सामाजिक सञ्जालमार्फत आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । आफूमाथि आरोप लागेको एक महिनापछि सन्दीप अमेरिकाबाट नेपाल फर्किएका थिए । प्रहरीले उनलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो ।

सन्दीप र उनका कानुन व्यावसायीले योजनाबद्ध तरिकाले फसाइएको जिकिर गर्दै आएका छन् । सन्दीप र उनका कानुन व्यावसायीले पीडित भनिएकी किशोरी नाबालिग नभएको जिकिरसमेत गरेका छन् ।

तर नागरिकतालाई नै कानुनले अन्तिम आधार मान्ने सरकारी कानुन व्यवसायीहरु बताउँछन् । उनीहरुका अनुुसार नागरिकता प्रमुख नभई अभियोग प्रमुख हो ।

Post Views: 46

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme