सबैको लोकप्रिय सामाजिक संजालहरु टिकटक, फेसबुकमा समयसमयमा फरकफरक मान्छेहरु भाईरल भएक हामी देख्न अनि सुन्न पाउँछौ । केहि समय अगाडि सामाजिक संजालमा जताततै छरपस्ट भएका एक बालक हुन सचिन परियार ।
गरिब परिवारका उनको हसाउँने कला र गीत गाउने कलाले उनी छोटो समयमै दर्शक प्रीय बन्न सफल भएका थिए । सडकमा भेटीएका उनले महानायक राजेश हमालसँग म्युजिक भिडियो खेल्नेसम्मको मौका पाए । तर पछिल्लो समय उनी सामाजिक संजालमा फाट्टफुट्ट मात्र देखिने गरेका छन ।
छोरा सचिनकै बिषयमा बोलेर बेलाबेला बिबादमा मुछिने उनका बाबू तेजेन्द्र परियार भने केही समयागाडिइमात्र मिडियामा आएका थिए । उनले हाल सचिन परियार आफ्नी आमासँग रहदै आएको कुरा पनि खुलाएका थिए र आफुले दर्शककै निम्ति सचिनलाई काठमाडौं पठाउन लागेको कुरा पनि खुलाएका थिए ।
सचिनका बाबू र आमाबिच भने खासै राम्रो सम्बन्ध नरहेको र उनिहरुको एकअर्का अलग्गै बस्दै आएका थिए । तर आज भने सचिनका आमा र बाबू सचिनको साथमा मिडियामा आएका छन । अन्ततः सचिनका बाबुआमाको मिलन भएको छ । बाबुआमाको मिलन भएसँगै सचिन फुरुङ्ग भएका छन, आफुलाई सार्है खुशी लागेको बताउँदै उनी मिडियासामु नै गीत गाउँदै नाँचे । सचिनका बाबुले दुबै श्रीमतीलाई मिलाएर राख्ने निर्णय गरेका छन ।
बाँकी हेर्नुस तलको भिडियोमा