Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

त्यो दिनको घटना हप्तादिनमै किशोरीका दाईको कानमा पुुगेपछि…

Posted on September 19, 2022

नेपाली क्रिकेट जगत्बाट उदाएर अन्तर्राष्ट्रिय ‘प्लेटफर्म’ मा पहिचान बनाइरहेका सन्दिपमाथि पछिल्लो समय क्रिकेट जीवनमा ‘पूर्णविराम’ लाग्ने जो’खिम छ।

आठ वर्षअघि नेपाली क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके नेपाली क्रिकेटका लागि नयाँ प्रतिभा खोजिरहेका थिए। त्यसक्रममा उनको यात्रा चितवन पुगेको थियो ।

जहाँ ‘ट्यालेन्ट हन्ट’ नामक प्रतियोगिता भइरहेको थियो। त्यही प्रतियोगितामा सहभागी १४ वर्षीय एक किशोरको बलिङ कलाले पुबुदुको ध्यान तान्यो। ती किशोरथिए– सन्दिप लामिछाने।

सन्दिप उतिबेला राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्काले खोलेको चितवन क्रिकेट एकेडेमीमा अभ्यास गरिरहेका थिए। त्यहाँ उनी साथीहरूकै ल’हलहैमा लागेरपुगेको जानकारहरू बताउने गर्छन्।

पुबुदुको नजरमा परेपछि नै सन्दिपको क्रिकेट करियरको ‘सूत्रपात’ भएको हो। त्यसपछि उनको क्रिकेट यात्राले गति लियो। तत्कालै पुबुदुले उनलाई राष्ट्रिय टिमको क्याम्पमा राखेरप्रशिक्षण दिन थालेका थिए।

त्यही क्रममा सन्दिपले सन् २०१६ मा भएको अन्डर१९ विश्वकप क्रिकेट खेल्ने मौका पाए। उक्त प्रतियोगितामा उनका लागि अन्तर्राष्ट्रिय मञ्चमा पहिचान बनाउने माध्यम बन्न पुग्योस जहाँ उनले गरेको प्रदर्शनले उल्लेख्य चर्चा बटुल्योस जहाँ उनले आयरल्यान्डविरुद्धको खेलमा ह्याट्रिकसहित पाँच विकेट लिएका थिए।

सोही प्रदर्शनबाट प्रभावित भए/अस्ट्रेलियाली क्रिकेट टिमका पूर्वकप्तान माइकल क्लार्कले उनलाई आफ्नो देश बोलाए/प्रशिक्षणको मौका दिए। क्लार्क त्यतिमै रोकिएनन्। उनले अन्तर्राष्ट्रिय स्तरका चर्चित ‘फ्रेन्चाइजी लिग’ मा पनि सन्दिपको पदार्पणका लागि ढोका ढक्ढक्याइदिए।

क्लार्ककै सिफारिसमा विश्वको सबैभन्दा सर्वाधिक ठूलो फ्रेन्चाइजी इन्डियन प्रिमियरलिग (आइपिएल) अन्तर्गत सन् २०१८ मा सन्दिपले पहिलोपटक खेल्ने मौका पाएस जुन लिगमा खेल्ने सन्दिप हालसम्म नेपालका एक्ला खेलाडी हुन्।

त्यतिबेला अस्टे«लियाली क्रिकेट टिमकै पूर्वकप्तान रिक्की पोन्टिङ आइपिएलको दिल्ली डेयरडेभिल्स टिमको ‘हेड कोच’ थिए। उनले क्लार्कको कुरा सुने रसन्दिपलाई आफ्नो टिममा लिए। सोही लिगमा सन्दिपले लगातारतीन वर्ष खेल्ने मौका पाए।

त्यसपछि सन्दिपले विश्वका अस्टे«लियाको बिगब्यास, पाकिस्तानको पिसिएल, वेस्ट–इन्डिजको सिपिएलजस्ता ठूला रमहँगा फ्रेन्चाइजी लिगसम्म खेल्ने मौका पाउँदै आएका छन्।

यसैक्रममा उनले अन्य मुलुकमा सञ्चालन हुने थप फ्रेन्चाइजी लिग खेल्ने मौका पनि पाउँदै आएका छन्। यस्तै ‘आइसिसी विश्व– ११’ बाट पनि खेलिसकेका छन्।

नेपाली राष्ट्रिय टिमबाट खेलेरपनि सन्दिपले तमाम रेकर्ड बनाएका छन्। अन्तर्राष्ट्रिय एकदिवसीय रटी– २० मा उनी विश्वका सर्वोत्कृष्ट स्ट्राइकरेट भएका बलरहुन्। यस्तै लगातारतीन एकदिवसीय म्याचमा ४÷४ विकेट लिने खेलाडीको रेकर्ड पनि उनको नाममा छ।

अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा तीव्रतर ५० विकेट लिने उनी विश्वका दोस्रो खेलाडी हुन्। उनले २२ इनिङमा ५० विकेटको रेकर्ड बनाएका छन् भने अन्तर्राष्ट्रिय टी– २० मा २९ इनिङमा ५० विकेट लिएर विश्वको तेस्रो तीव्रत्तर५० विकेट लिने खेलाडीको रेकर्ड उनको नाममा छ। यस्तै एउटै इनिङमा उत्कृष्ट बलिङ प्रदर्शन गर्ने दोस्रो खेलाडी हुन्।

उनले अन्तर्राष्ट्रिय टी– २० मा ३१ मे २०१८ रएक दिवसीयमा १ अगस्त २०१८ मा डेब्यु गरेका थिए। खेल सुरु गरेको चारवर्षमै उनले उल्लेख्य सफलता पनि हासिल गरेका छन्।

उनले हालसम्म ३० अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा ६९ विकेट लिएका छन्। यस्तै ‘लिस्ट ए’ का ५४ एकदिवसीय खेलमा एक सय १५ विकेट लिएका छन्। अन्तर्राष्ट्रिय टी– २० का ४४ खेलमा ८५ विकेट लिएका छन्।

यसरी अन्तर्राष्ट्रिय खेलमा लगातार लोभ लाग्दो प्रदर्शन गरिरहेका उनलाई पछिल्लो समय नेपाली क्रिकेट टोलीको कप्तानको जिम्मेवारी दिइएको थियो।

सन्दिपमाथि एक १७ वर्षीया नाबालिका किशोरी ब’ला’ त्कार गरेको आ’ रोप लागेको हो। भदौको तेस्रो साता ती किशोरीका दाजुले प्रहरी वृत्त गौशालामा सन्दिपवि’रुद्ध कि’टानी जा’हेरी दिएका छन्। जा’हेरी र त्यसपछि प्रहरीले सुरु गरेको अनुसन्धानबारे खबर अहिले छ’ताछुल्ल बाहिरिइसकेका छन्।

भदौ ५ गते ती किशोरीलाई भक्तपुरको नगरकोट घुम्ने ब’हानामा लगेको रजानाजान रात पारी काठमाडौंको सिनामंगलस्थित ‘काठमाडौं इन’ होटलमा लगे/न’शामा ल’ ठ्याई दुईपटक ब’लात्का’र गरेको अ’भियोग लागेको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

Post Views: 66

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme