Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

भारतीय अभिनेत्री वैशाली ठक्करले गरिन् आत्महत्या

Posted on October 17, 2022

एजेन्सी । चर्चित टेलिभिजन शो ‘ससुराल सिमर का’ मा अञ्जली भारद्वाजको भूमिका निर्वाह गरेकी अभिनेत्री वैशाली ठक्करले आत्महत्या गरेकी छन् ।

३० वर्षीया वैशालीको शव इन्दौरको साईबाग कालोनीमा रहेको उनको घरमा भेटिएको थियो । स्टार प्लसको चर्चित टिभी सिरियल ‘ये रिश्ता क्या कहलाता है’ मा संजनाको भूमिकाबाट समेत वैशालीले निकै चर्चा पाएकी थिइन् । प्रहरीका अनुसार वैशालीले झुण्डिएर आत्महत्या गरेकी हुन् । इन्दौरका एसीपी एम रहमानका अनुसार वैशाली ठक्करलाई छिमेकमा बस्ने राहुल नामका युवकले दुर्व्यवहार गरेकाे जनाइएकाे छ । जसका कारण वैशालीले आत्महत्या गरेकी हुन् ।

वैशालीको आत्महत्यापछि राहुल फरार रहेकाले प्रहरीले उनको खोजी कार्य गरिरहेको छ । इन्दौर प्रहरीले पोष्टमार्टमपछि वैशालीको शव परिवारलाई बुझाएको छ । स्थानीयका अनुसार वैशालीले शनिबार राति नै आत्महत्या गरेकी हुन् । तर परिवारले आइतबार बिहान प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलबाट ८ पृष्ठको सुसाइड नोट समेत बरामद गरेको छ ।

प्रहरीले घटना भएको ७ घण्टापछि जानकारी पाएकाले अब सुसाइड नोटको अनुसन्धान हस्तलेखन विज्ञबाट गरिने भएको छ ।वैशालीले गत वर्ष अप्रिल २६ मा केन्याका डेन्टल सर्जन डा. अभिनन्दनसँग इन्गेजमेन्ट गरेकी थिइन् । नजिकका मानिसहरुको उपस्थितिमा भएको यो समारोहको जानकारी भने अभिनेत्री वैशालीले भिडियो शेयर गरेर दिएकी थिइन् । दुवै जनाले सन् २०२१ को जुनमा विवाह गर्ने भएका थिए ।

तर अभिनेत्री वैशालीले कोरोनाको कारण एक महिनापछि विवाहको योजना समेत स्थगित गरेकी थिइन् ।

Post Views: 83

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme