Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

५ लाखभन्दा कम डाउन पेमेन्टमा पाइने कार, कस्तो रहला विक्री

Posted on October 17, 2022

काठमाडौं । चिनियाँ कम्पनी एसएआईसी र विलिङसँग अमेरिकी कम्पनी जनरल मोटर्सको सहकार्यमा तयार भएको विलिङ मिनी एयर ईभी नेपाली बजारमा बज्र ग्रुपले ल्याएको छ । कम्पनीले अहिले २५ हजार रुपैयाँ बुकिङ रकम लिएर यो सानो ईभीको बुकिङ लिइरहेको छ ।

नेपाल मोटर्सले विलिङको सानो ईभी ‘विलिङ मिनि एयर’को मूल्य दशैंअघि नै सार्वजनिक गरेको थियो । कम्पनीले नाडा ईभी एक्स्पोमा नै प्रि बुकिङ खुल्ला गर्दै मूल्य सार्वजनिक गरेको हो ।

विशेषत सहरी क्षेत्रको लागि उपयुक्त यो मिनि कार दुई फरक भेरियन्टमा बजारमा आउन लागेको हो । कम्पनीले २०० किमि रेन्ज दिने भेरियन्टको मूल्य २४ लाख ९९ हजार र ३०० किमि रेन्ज दिने भेरियन्टको मूल्य २९ लाख ९९ हजार तोकेको थियो ।

कम्पनीले इन्डोनेशियामा उत्पादन भएको विलिङ एयर मिनि नेपाल ल्याएको हो । विशेषत अहिले बैंक ब्याजदर महंगो भएको कारण धेरै मानिस गाडी किन्न हिचकिचाइरहेको समयमा कम्पनीले कम मूल्यमा नै कारको आवश्यकता पुरा गर्ने खालको मोडल ल्याएको हो ।

विद्युतीय गाडीमा मूल्यको ८० प्रतिशतसम्म बैंकले कर्जा उपलब्ध गराउने भएको कारण कम डाउन पेमेन्टमा नै यो कार किन्न सकिने छ । साथै, लिएको कर्जा ७ वर्ष भित्र मासिक किस्ताको हिसावले तिर्न सकिन्छ ।

यसरी विलिङ एयर मिनिको स्टायडर्ड भेरियन्ट किन्ने ग्राहकले ४ लाख ९९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट तिर्नु पर्ने हुन्छ । त्यसैगरी अहिले बजारमा कम्तीमा १५ प्रतिशत ब्याजदर चलिरहेको कारण स्टायडर्ड भेरियन्ट खरिद गर्ने ग्राहकले ३८ हजार ५८० रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ ।

त्यसैगरी विलिङको लङ रेन्ज मोडल किन्न चाहने ग्राहकले ५ लाख ९९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्छ भने बाँकी रकम कर्जा सुविधा लिन सक्नेछन् । यसरी कर्जा लिँदा ७ वर्षसम्म मासिक ४६ हजार ३०० रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ ।

यस्तो छ विलिङ एयर मिनि

सानो साइज, राम्रो रेन्ज र सुरक्षा फिचरमा पनि राम्रो भएको कारण चीनमा मात्रै दुई वर्षमा ७ लाख यूनिट वूलिङ विक्री भएको छ । यो मिनि कारको लम्बाई २९७२ एमएम, चौडाई १५०६ एमएम र उचाई १६३० एमएम रहेको छ ।

नेपाल आउने वूलिङ एयर दुई मोटर र दुई ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । यसको कम रेन्ज दिने स्टायडर्ड भेरियन्टमा १७.३ किलोवाट आवरको ब्याट्री रहने छ । यसमा मोटर पनि ३० किलोवाट क्षमताको मात्रै रहने छ । यसले एक पटकको फुल चार्जमा २०० किमि रेन्ज दिने कम्पनीले दावी गरेको छ ।

लङ रेन्ज मोडल भने २८.४ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध हुनेछ । यसमा मोटर पनि ५० किलोवाट क्षमताको दिइएको छ । यसले एक पटकको फुल चार्जमा ३०० किमि रेन्ज दिने कम्पनीको दावी छ ।

दुई सिट र चार सिट अप्सनमा नेपाल आउने विलिङ एआई फिचर भएको मिनि ईभी हो । सुरक्षाको लागि यसमा एयरव्याग, इबीडी सहितको एबीएस, टायर प्रेसर मोनिटर, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामेरा जस्ता फिचर उपलब्ध छन् ।

Post Views: 30

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme