Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

एउटै खाडलभित्र गाडिएको अवस्थामा भेटिए किशोर-किशोरी , घटनाकाे रहस्य अनाैठाे !

Posted on October 17, 2022

स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको श-व जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा आइतबार दिउँसो फेला परेको थियो। जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार दुबैको टाउकोमा गहिरो चो-ट पटक देखिएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा फेला परेका दुई किशोर किशोरीको टाउकोमा गहिरो चो-ट देखिएको छ ।

‘दुबैको टाउकोमा ढुंगा वा चिर्पटले प्रहार गरेजस्तो गहिरो चो-ट लागेको छ,’ उनले भने, ‘त्यसले उनीहरू दुबैको ह त्या भएको स्पष्ट भन्न सक्ने आधार देखिएको छ।’

महतरा र आचार्यको श-व आइतबार बेलुका अबेर मात्रै त्यहाँबाट निकालेर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पोष्ट-मार्टमका लागि पुर्‍याइएको छ।जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले घ-टनाको प्रकृतिका हेर्दा उनीहरूको ह -त्यामा चिनजानकै र नजिकका आफन्तको संलग्नता हुनसक्ने बताए।

‘यो आकस्मिक रूपमा भएको ह त्या हो वा पूर्वयोजना अनुसार भएको हो, अनुसन्धानबाट खुल्ला,’ उनले भने, ‘ तर, उनीहरुको ह त्यामा नजिकका र चिनजानकै मानिसको हात हुनसक्ने आशंका बढेको छ।’

अपर्झट हुने घटनाको ह त्यामा संलग्न ब्यक्तिले त्यसरी शव ब्यवस्थानमा ध्यान नदिने बरू जतिसक्यो चाँडो उनीहरू भाग्न प्रयास गर्ने प्रहरीको बुझाई छ।

‘जसरी ह -त्यागरि दुबैको श-ब एउटै खाडलमा गाडिएको छ त्यसले घटना योजनाअनुसार र चिनजानकै तथा नजिकका आफन्तबाट भएको हुनसक्छ,’ उनले भने, ‘प्रहरी गम्भीर अनुसन्धानमा लागेको छ र छिट्टै ह -त्यामा संलग्न ब्यक्ति पत्ता लगाउनेगरि काम गरिरहेको छ।’

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले राति सवा ११ बजेसम्म संकास्पद ६ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

प्रहरीले दिउँसो एक जना टिपर चालकलाई लमहीबाट नियन्त्रणमा लिएर सोधपुछका लागि घोराही पुर्‍याएको थियो । यद्यपि ह त्यापछि एउटै खाडलमा गाडिएका किशोरकिशोरी दुबैले प्रयोग गर्ने मोवाईल फोन हालसम्म फेला नपरेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार असोज २७ गते रातिदेखि उनीहरू बेपत्ता भएका थिए। एक जनाले सोही दिन राति नै आचार्यका मावली हजुरबुवालाई फोन गरेर नाति कहाँ छन्? भनेर सोधेको तथ्य खुलेको बताएको छ। ती ब्यक्तिको पहिचान प्रहरीले गोप्य राखेको छ।

असोज २८ गते आचार्यकी मावली हजुरआमा स्थानीय प्रहरी चौकी कौवापुरमा पुगेर आफ्नो नाति बेपत्ता रहेको भन्दै खोजी गरिदिन आग्रह गरेकी थिइन्।

घर परिवारले सुरूमा उनीहरु प्रेममा परि आपसी सल्लाहले भागेको हुनसक्ने आशंका गर्दै आएका थिए। प्रहरी स्रोतका अनुसार महतरा र आचार्यको बीचमा बाक्लै उठबस तथा नजिकको सम्बन्ध रहेको कुरा खुलेको छ।

उनीहरू दुबै जना स्थानीय अम्बापुर माविमा कक्षा ९ मा अध्यनरत थिए। आचार्य दमारगाउँमै मामाघरमा बसेर अध्ययन गर्दै आएका थिए । आचार्यका आमा र बुवाको छोडपत्र भएका कारण उनीहरू आमासँगै मामा घरमा बस्दै आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी मल्लले बताए।

मावली हजुरबुवाले बे-पत्ता नातिको खोजी गर्दै जाने क्रममा आइतबार जंगलको नयाँ बाटोमा पाइलाहरु देखेपछि आशंका लागेर हेर्दे जाने क्रममा खोल्सामा खनेको नयाँ माटो देखेपछि गा डेको अवस्थामा श ब फेला पारेको प्रहरीले बताएको छ। त्यसपछि घटनाबारे प्रहरीलाई सूचना दिइएको थियो।

दिउँसो प्रहरी घटनास्थल पुगेर खाडलबाट श ब निकालेको थियो। तर, आचार्यका घर परिवार दंगीशरण – ६ ले आफूहरू नआउँदासम्म श ब नलैजान आग्रह गरेकाले प्रहरीले घर परिवार आएपछि मात्रै शब त्यहाँबाट तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याएको थियो।

ह त्यापछि दुबैको शब गा डेको निश्चित भइसकेपछि प्रहरीले घटना अनुसन्धानको लागि बाँकेको कोहलपुरबाट तत्काल तालिम प्राप्त कुकुर झिकाएको थियो। कुकुरबाट समेत अनुसन्धानको काम पुरागरि प्रहरीले मुचुल्का बनाएर श ब बेलुकी अबेर मात्रै अस्पताल ल्याएको हो।

किशोरी किशोरीको ह त्यापछि एउटै खाडलमा गाडेको घटना सार्वजनिक भएपछि घटनास्थलमा जिल्ला प्रहरी प्रमुख, लुम्बिनी प्रदेशका प्रहरी अधिकारी , लुम्बिनी प्रदेशका ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी लगायत त्यहाँ पुगेका थिए ।

Post Views: 124

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme