Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा चालकहरूको निधन, श्रीमती र छोरी घाइते

Posted on October 17, 2022

झापामा मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको निधन भएको छ ।

बिर्तामोड नगरपालिका-२ बेलडाँगी स्थित दक्षिण बाट उत्तर तर्फ आउँदै गरेको मे५प १६०४ न.को मोटरसाइकल र बिपरित दिशा बाट जाँदै गरेको मे३प ५५८० न.को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका थिए ।

मे ३ प ५५८० न.को मोटरसाइकल चालक बाह्रदशी गाउपालिका-२ बस्ने बर्ष २५ को अनिस साउदेन र मे ५ प १६०४ न.को मोटरसाइकल चालक बाह्रदशी-६ बस्ने बर्ष ४३ को भोलाराज भुजेल र उनीसँगै रहेकी श्रीमती ४२ वर्षीया चन्द्रकला भुजेल, नौँ वर्षिया छोरी प्रशना भुजेल घाइते भएको झापा प्रहरी प्रवक्ता डिएसपी बसन्त पाठकले केटिएम दैनिकलाई बताए ।

घाइतेहरूको बि एण्ड सी हस्पिटलमा उपचार गराउने क्रममा दुवै मोटरसाइकल चालकको निधन भएको डिएसपी पाठकले बताए ।

मृतक भुजेलकी श्रीमती र छोरीको उपचार भइरहेको उनीहरूलाई थप उपचारको लागि बिर्तासिटी अस्पताल लगिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरीले दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Post Views: 45

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme