Skip to content
Taja Khabar Post

Menu
  • Home
  • समाचार
  • मनोरंजन
  • भिडियो
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • स्वास्थ्य /जिबनशैली
  • बिज्ञान प्रबिधि
  • रोचक
  • राशिफल
Menu

केदारनाथ मन्दिरनजिकै हेलिकप्टर दुर्घटना

Posted on October 18, 2022

काठमाडौं । उत्तराखण्डको केदारनाथ धाममा हेलिकप्टर दुर्घटना भएको छ । केदारनाथबाट २ किलोमिटर टाढा गरुडछट्टीमा हेलिकप्टर दुर्घटना भएको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार उद्धार टोली घटनास्थलमा पुग्ने प्रयास गरिरहेको छ । मिडिया रिपोर्टमा खराब मौसमका कारण यो दुर्घटना भएको बताइएको छ । तर, अहिलेसम्म आधिकारिक पुष्टि भने भएको छैन ।

मिडिया रिपोर्टका अनुसार यो हेलिकप्टर निजी कम्पनीको थियो र यसमा ५ जना यात्रु सवार थिए ।

धेरै मिडिया रिपोर्टमा प्रत्यक्षदर्शीहरूले ठूलो विस्फोटको आवाज आएपछि स्थानीयले अधिकारीहरूलाई खबर गरेका छन्।

नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले घटनालाई दुर्भाग्यपूर्ण भन्दै आफू राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको र अवस्थाको अनुगमन गरिरहेको बताए।

देहरादुनका राजेश डोबरियालले उक्त हेलिकप्टर आर्यन कम्पनीको भएको र केदारनाथबाट दर्शनार्थी लिएर फर्किरहेको बताए ।

घटना लिम्चोली नजिक भएको रुद्रप्रयागका जिल्ला सूचना अधिकारीले बताए । यद्यपी हताहतको विवरण भने आइसकेको छैन ।

Post Views: 79

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • कहिल्यै नगर्नुहोस् पर्स बोक्दा यी गल्तिहरु कंगाल भइन्छ !
  • टिप्परले ब्याक सारी-सारी श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहोर्छन श्रीमान (भिडियो सहित)
  • अनुहारको रोम छिद्र अर्थात ओपन पोर्सको समस्या ? अपनाउनुहोस् यी उपाय
  • सामाजिक सञ्जालमा सर्वाधिक रुचाएको अभिनेत्री प्रियंकाको छोरीको तस्बिर, हेर्नुहोस् तस्बिरहरु !
  • छोरा उमेरको केटासंग बिहे, नोकरसँग भागेकी भनिएकी बहिनी भेटिइन, फरार दिदि खोज्दै श्रीमान (भिडियो सहित)
©2023 Taja Khabar Post | Design: Newspaperly WordPress Theme